7 months ago
October 4, 2024
एजेन्सी – घरेलु टोलीले क्यानडा टि ट्वान्टी त्रिकोणात्मक सिरिज जितेको छ ।
ओमानलाई बिहीवार ५ विकेटले हराउँदै क्यानडा च्याम्पियन बनेको हो । नेपाल पनि सहभागी यस सिरिजमा शिर्ष स्थानमा रहँदै क्यानडाले उपाधि जितेको हो । क्यानडाले सिरिजमा खेलेका ४ मध्ये ३ खेल जितेको थियो ।
क्यानडाले सिरिजमा नेपालसँगको दुवै खेलमा जित हासिल गरेको थियो । ओमानसँगको पहिलो खेलमा भने क्यानडा पराजित भएको थियो । अन्तिम खेलमा ओमानलाई पराजित गरेपछि क्यानडा ६ अंकसहित शीर्ष स्थानमा रहेर विजेता बनेको हो ।
२ खेलमा ओमानलाई हराएको नेपालले ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । पहिलो खेलमा क्यानडालाई हराएको ओमानले भने अंक तालिकाको पुछारमा रह्यो ।
अन्तिम खेलमा ओमानले दिएको ८३ रनको सामान्य लक्ष्य क्यानडाले १४.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौता हस्ताक्षर नगर्ने भएका छन् । सामाजिक संजाल फेसबुकमार्फत सन्दीपले केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने निर्णय घोषणा गरेका हुन् । उनले क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको बताएका छन् । उनले […]
May 13, 2025
काठमाडौं(हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरमा हङकङले नेपाललाई ७ विकेटले हराउँदै सुपर थ्रीमा पुग्ने संभावनालाई बलियो बनाएको छ। यो हारले नेपाललाई ग्लोबल क्वालिफायरको यात्रामा धक्का लागेको छ। जितको लागि हङकङलाई मात्र ३० रनको चुनौति हङकङले ४.३ ओभरमा ३ विकेटको नोक्सानीमा जित आफ्नो पक्षमा पार्यो। नेपालले हङकङलाई सुरुवातमा दबाब दियो। बिना कुनै रन […]