5 months ago
October 4, 2024
एजेन्सी – युएईमा सुरु भएको नवौं महिला टि ट्वान्टी विश्वकपमा बंगलादेश र पाकिस्तानले विजयी सुरुवात गरेका छन् ।
शारजाहमा बिहीवार भएका दुवै खेलमा बंगलादेशले स्कटल्यान्डलाई र पाकिस्तानले श्रीलंकालाई पराजित गरेका हुन् । दोस्रो खेलमा पाकिस्तानले श्रीलंकामाथि ३१ रनको जित हासिल गर्यो ।
१ सय १७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउँन सक्यो ।
श्रीलंकाका लागि निलकेशिका सिल्भाले २५ बलमा सर्वाधिक २२, बिश्मी गुणारत्नेले ३४ बलमा २० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
पाकिस्तानका लागि सदिया इकवालले ३, फतिमा साना, नर्शा सन्धु र ओमामी सोहिलले समान २ विकेट लिइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा अल आउट हुदै १ सय १६ रनको योगफल तयार गर्यो ।
कप्तान फतिमाले २० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३० रन जोडिन् । निदा दरले २२ बलमा २३, ओमिमा सोहेलले १८ तथा ओपनर मुनिबा अलिले ११ रन बनाइन्।
श्रीलंकाका लागि उडिशिका प्रबोदनी, कप्तान चमारी अथापाथु र सुगन्धिका कुमारीले समान ३ तथा कबिशा दिल्हारीले १ विकेट लिइन् ।
त्यसअघि पहिलो खेलमा बंगलादेशले स्कटल्यान्डमाथि १६ रनको जित हासिल गर्यो । शारजाहमा भएको समूह खेलमा १ सय २० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउँन सक्यो ।
स्कटल्यान्डका लागि सारा ब्राइसले ५२ बलमा १ चौकाको सहयोगमा सर्वाधिक ४९ रन बनाइन् । कप्तान क्याथरिन ब्राइस र एलिसा लिस्टरले समान ११ रन जोडिन् । स्कटल्यान्डका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
बंगलादेशका लागि रितु मोनीले २ तथा मोरुफा अक्तर, नहिदा अक्तर, फहिमा खातुन र रबिया खानले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १९ रनको योगफल तयार गर्यो ।
बंगलादेशका लागि सोभाना मोस्टरीले ३८ बलमा २ चौकाको सहयोगमा ३६ रन जोडिन् । ओपनर शाथी रानीले ३२ बलमा २९, कप्तान निगर सुल्तानले १८ बलमा १८ तथा मुर्शिदा खातुनले १२ रन जोडिन् । स्कटल्यान्डका लागि सास्किया होर्लेले ३ विकेट लिइन् ।
कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहेका छन् ।
समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
बंगलादेशमा हुने भनिएको यो विश्वकप सुरक्षाका कारण युएईमा सारिएको थियो ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]