default_image

5 months ago

October 3, 2024

यु १९ महिला टोलीको दोस्रो चरणमा २० खेलाडी छनोट

1250 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – महिला यु१९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टोलीको दोस्रो चरणको २० खेलाडी छनोट भएका छन्। प्रशिक्षणमा‌ रहेका १० खेलाडी दोस्रो चरणमा परेनन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार दोस्रो चरण छनोट गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो ।

पहिलो चरणमा प्रशिक्षण नरहेकी रन्जु श्रेष्ठलाई दोस्रो चरणमा समेटिएको छ । प्रारम्भिक छनोटमा नरहेकी रन्जुलाई दोस्रो चरणमा समेटिएको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

‘क्यानले छनोटको आधार मानेको प्रतियोगितामा सहभागिता नजनाएका कारण उनलाई पहिलो चरणको सुचिमा राखिएको थिएन,’ प्रवक्ता लामाले हाम्रो खेलकुदसँग भने ‘क्याम्पका दौरान उनलाई बोलाएर प्रदर्शन राम्रो रहेपछि उनलाई दोस्रो चरणमा समावेश गरेको हो ।’

क्यान युवा महिला टोलीको प्रशिक्षकको जिम्मेवारी महेश प्रसाद रिजाललाई दिएको छ । टोलीको बन्द प्रशिक्षण दाङको लमही क्रिकेट मैदानमा भइरहेको छ । विश्वकप एसिया छनोट प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा कात्तिक २२ गते कुवेतसॅंग छ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेलमा कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।

पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कार्तिक २८ मा युएईसॅंग रहेको छ । ४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

दोस्रो चरणमा छनोट खेलाडी

सोनी पाख्रिन, मनिशा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, साबित्रा धामी, सुस्मिता भुषाल, रन्जु श्रेष्ठ, किरन कुमारी कुँवर, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी, आश्मा पुलामी मगर

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]

Success

Thank you for your time.