5 months ago
October 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा ओमानविरुद्ध नेपालले टस हारेको छ ।
ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दै छ ।
उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा हुँदैछ ।
३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपाल ओमानलाई हराउँदै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । ओमानसँगको यो खेलमा पराजित भए नेपालको उपाधि सम्भावना समाप्त हुनेछ ।
यो खेलमा जित हासिल गरेमा बिहीवार हुने ओमान र क्यानडाबीचको खेलबाट नेपालको उपाधि सम्भावनाबारे स्पष्ट हुन्छ । ओमानले सानो अन्तरमा क्यानडालाई हराएमा नेपालले उपाधि जित्नेछ । क्यानडा विजयी भएमा घरेलु टोली नै च्याम्पियन हुनेछ ।
नेपालले सोमवार ओमानलाई ३७ रनले हराएको थियो । आज पनि सोही नतिजा दोहोर्याउने लक्ष्यमा नेपाल रहेको छ । नेपाल क्यानडासँग दुवै खेलमा पराजित भएको थियो।
February 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सोनु देवकोटको अलराउण्ड प्रदर्शनप्रेरित काठमाडौं जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा पहिलो जित दर्ता गरेको छ । बिहीबार मुलपानीमा भएको खेलमा काठमाडौंले त्रिभुवन विश्वविद्यालय (त्रिवि)विरुद्ध ३ सय ५५ रनको जित दर्ता गर्यो । काठमाडौंले प्रस्तुत गरेको ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको त्रिवि २६.१ ओभरमा ५५ रनमै समेटियो […]
February 27, 2025
एजेन्सी – पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् । गत मंगलवार पनि रावलपिण्डीमा वर्षाका कारण दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल समेत रद्द भएको […]
February 27, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तान र बंगलादेशबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । घरेलु समर्थकको अगाडि पाकिस्तान […]