default_image

5 months ago

October 2, 2024

क्यानडा टि ट्वान्टी – जित्नै पर्ने दबाबमा नेपाल

1181 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग खेल्दैछ ।

उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा नेपाली समय अनुसार बेलुका ९ः४५ बजे सुरु हुदैछ ।

३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपाल ओमानलाई हराउँदै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । ओमानसँगको यो खेलमा पराजित भए नेपालको उपाधि सम्भावना समाप्त हुनेछ ।

यो खेलमा जित हासिल गरेमा बिहीवार हुने ओमान र क्यानडाबीचको खेलबाट नेपालको उपाधि सम्भावनाबारे स्पष्ट हुन्छ । ओमानले सानो अन्तरमा क्यानडालाई हराएमा नेपालले उपाधि जित्नेछ । क्यानडा विजयी भएमा घरेलु टोली नै च्याम्पियन हुनेछ ।

नेपालले सोमवार ओमानलाई ३७ रनले हराएको थियो । आज पनि सोही नतिजा दोहोर्याउने लक्ष्यमा नेपाल रहेको छ । नेपाल क्यानडासँग दुवै खेलमा पराजित भएको थियो।

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

Success

Thank you for your time.