default_image

5 months ago

October 2, 2024

कप्तानबाट बाबरको राजिनामा

702 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका ओडिआई तथा टि ट्वान्टी टोलीका कप्तान बाबर आजमले कप्तानीबाट राजीनामा दिएका छन् ।

आफ्नो कामको बोझ कम गर्न र आफ्नो ब्याटिङमा ध्यान केन्द्रित गर्न चाहेको भन्दै एक वर्षभन्दा कम समयमा बाबरले दोस्रो पटक कप्तानबाट राजीनामा दिएका छन् ।

सामाजिक संजालमार्फत पोस्ट लेख्दै बाबरले राजिनामाको घोषणा गरेका हुन् । ‘मैले आफ्नो प्रदर्शनलाई प्राथमिकता दिन, ब्याटिङमा बिशेष ध्यान दिन तथा परिवारसँग क्वालिटी टाइम बिताउनका लागि गत महिना कप्तानी छोड्ने आफ्नो निर्णयबारे पीसीबीलाई जानकारी गराएको थिएँ,’ बाबरले पोस्टमा लेखेका छन्।

उनले अगाडि भनेका छन् ‘मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु । यो टोलीको नेतृत्व गर्न पाउनु सम्मानको कुरा हो, तर अब मैले राजीनामा दिने र आफ्नो भूमिकामा ध्यान केन्द्रित गर्ने समय आएको छ ।’

बाबरले ओडिआई र टि ट्वान्टी टोलीको कप्तानमा पुनः नियुक्त भएको करिब ६ महिनापछि राजीनामा दिएका हुन् । गत वर्षको अन्त्यमा भारतमा भएको एकदिवसीय विश्वकपमा पाकिस्तानको निराशाजनक प्रदर्शनपछि सबै फर्म्याटको कप्तानीबाट राजीनामा दिएका थिए ।

तर, बाबर ४ महिनापछि फेरि एक पटक टि ट्वान्टी र ओडिआई टोलीको कप्तान नियुक्त भएका थिए ।

बाबरले दिएको राजीनामाबारे पिसीबीबाट कुनै प्रतिक्रिया आएको छैन । पाकिस्तानले अर्को महिना अस्ट्रेलियामा ३ टी ट्वान्टी र ३ ओडिआई खेल खेल्नेछ ।

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

Success

Thank you for your time.