default_image

2 months ago

October 1, 2024

एनपिएल टोली चितवनको लोगो र नाम घोषणा

843 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली चितवनले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

चितवनले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम चितवन राइनोज रहनेछ ।

चितवनको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ल छन् । चितवनको स्वामित्व चितवन मेडिकल कलेजसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ । सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ ।

टिममा रहने अन्य नेपाली खेलाडी चयनका लागि असोज २० गते अक्सन हुँदैछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्ने छन् ।

November 16, 2024

पोखराको आइकोनिक खेलाडीमा सुदीप छनोट

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई आइकोनिक प्लेयरका रुपमा छनोट गरेको छ । पोखराले शुक्रवार अलराउण्डर सुदीप टोलीका लागि आइकोनिक प्लेयरको रुपमा छनोट गरेको जनाएको छ । अलराउन्डर सुदीप ट्यालेन्ट हन्टबाट छनोट हुने पहिलो आइकनिक प्लेयर बनेका छन्। पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार गण्डकी […]

November 16, 2024

सन्जु र तिलकको शतकमा भारतको फराकिलो जित

एजेन्सी – सन्जु स्यामसन र तिलक बर्माको शतक सहयोगमा पाहुना टोली भारतले चौथो टि ट्वान्टी आईमा दक्षिण अफ्रिकाममाथि फराकिलो जित हात पारेको छ । शुक्रवार भएको चौथो टि ट्वान्टी आई भारतले १ सय ३५ रनको फराकिलो अन्तरले पराजित गर्यो । चौथो खेलमा जितसँगै भारतले चार खेलको टि ट्वान्टी आई सिरिज ३-१ ले जितेको छ । […]

November 15, 2024

आर्चर आइपिएल अक्सन सुचीमा अटाएनन्

एजेन्सी – इङ्ग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर इण्डियन प्रिमियर लिग(आइपिएल) को अन्तिम अक्सन सुचीमा अटाएनन्। आइपिएलले शुक्रवार जारी गरेको ५ सय ७४ जना अन्तिम खेलाडीको सुचीमा आर्चरले स्थान पाएनन् । अक्सनको अन्तिम सुचीमा ३ सय ६६ भारतीय र २ सय ८ जना विदेशी खेलाडी अटाउदा आर्चरले बनाउन सकेनन् । आर्चरले अक्सनको अन्तिम सुचीमा स्थान […]

Success

Thank you for your time.