5 months ago
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को कमर्सियल राइट्स ब्रान्ड लजिकले प्राप्त गरेको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले बोलकबोल प्रक्रियामार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको जनाएको छ।
आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासंगै ब्रान्ड लजिकको सहकार्यमा एनपिएल थप व्यवस्थित र दिगो बनाउने अपेक्षा क्यानको छ ।
कम्पनीले खेलको प्रचारप्रसार व्यवस्थापन देखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ । सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ।
प्रसारणसँगै प्रायोजनको व्यवस्थापन
अब ब्रान्ड लजिकले एनपिएलका खेलहरूलाई देशभर र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ । साथै, विभिन्न प्रायोजकलाई समन्वय गर्दै एनपिएलको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम गर्नेछ।
सम्झौतासँगै लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचारप्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिए ।
उनले भने, ‘क्रिकेट मेरो सानैदेखिको प्रिय खेल हो। मैले बाल्यकालमा जसरी क्रिकेट खेल्न र हेर्न मन पराउँथे, आज त्यही खेलसँग हाम्रो कम्पनीलाई जोड्न पाउँदा उत्साहित छु। एनपिएललाई अझ राम्रो बनाउन र विश्वस्तरमा पुर्याउन सक्ने जिम्मेवारी पाउँदा गर्व लागेको छ।’
उनले थपे, ‘नेपाल प्रिमियर लिग केवल एउटा लिग होइन, यो नेपाली क्रिकेटको भविष्य हो । म आशा गर्छु कि नेपाली खेलप्रेमीहरूले यसलाई मन पराउनु हुनेछ र हामी सबै मिलेर यो लिगलाई अझै उच्च स्थानमा पुर्याउनेछौं।’
८ टोलीको सहभागितमा मंसिर १६ देखि पुस ६ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा एनपिएल सन्चालन हुनेछ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]