default_image

5 months ago

September 30, 2024

गुलशन बने ‘प्लेयर अफ द म्याच’

5081 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी रहेको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा ओमानविरुद्धको खेलमा अलराउन्डर गुलशन झा ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।

ओमानविरुद्धको खेलमा अलराउन्ड प्रदर्शन देखाएका गुलशन ‘प्लेयर अफ द म्याच’ बनेका हुन् । ओमानविरुद्धको खेलमा गुलशनले ब्याटिङ तर्फ १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाएका थिए । बलिङमा गुलशनले २.१ ओभरमा १४ रन खर्चिएर २ विकेट लिएका थिए ।

गुलशनले समग्र अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं तथा टि ट्वान्टी आईमा भने दोस्रो ‘प्लेयर अफ द म्याच’ अवार्ड पाएका हुन् । पछिल्लो पटक टि ट्वान्टी आईमा साउदी अरेबियाविरुद्ध गुलशन ‘प्लेयर अफ द म्याच’ भएका थिए । साउदीविरुद्धको सो खेल पछि लगातार ११ खेलमा हार बेहोरेको नेपालले १२औं खेलमा भने जित हात पारेको हो ।

नेपालले सोमवार बिहान सकिएको खेलमा ओमानमाथि ३७ रनको जित हात पारेको हो । नेपालले जितका लागि दिएको १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अलआउट भयो ।

ओमानका लागि सोयब खानले ३९ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४५ तथा रफिउल्लाहले १२ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३३ रन जोडे । प्रतिक अथाभालेले १४ बलमा १५, खालिद कैलले ११ रन जोडे ।

नेपालका लागि करन केसीले ३, कुशल भुर्तेल र गुलशन झाले समान २ तथा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले समान १ विकेट लिए ।

त्यसअघि क्यानडाको किंग सिटी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रनको योगफल तयार गर्यो ।

नेपालका लागि गुलशन झाले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक नट आउट ४० रन बनाए । छैटौं विकेटका लागि गुलशन र कुशल भुर्तेलले ६१ रनको साझेदारी गरे । कुशलले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।

कुशल मल्लले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ५ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट १८ रन बनाए ।

ओमानका लागि कप्तान अकिब इल्यासले ३, जिशान मक्सुद र फैयज बटले समान १ विकेट लिए । सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो ।

नेपालले तेस्रो खेलमा मंगलवार क्यानडासँग खेल्दा चौथो खेलमा नेपालले बुधवार फेरि ओमानको सामना गर्नेछ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.