6 months ago
September 29, 2024
एजेन्सी – नामिबियामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा युएईले घरेलु टोलीमाथि सहज जित हासिल गरेको छ ।
युएईले नामिबियामाथि ४० रनको जित निकालेको हो । जितसँगै तीन टोली सहभागी सिरिजमा २ अंकका साथ युएई शीर्ष स्थानमा छ ।
२ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन मात्र जोड्न सक्यो ।
नामिबियाका लागि ओपनर जेपी कोट्जेले सर्वाधिक ५५ तथा जेजे स्मिटले १९ बलमा ३८ रन जोडे । कप्तान ग्रहार्ड इरास्मसले १९ बलमा ३७, जान निकोल लेफ्टी इटनले २५ तथा जाय फ्रायलिंकले २० रन बनाए ।
युएईका लागि मोहम्मद जगदुल्लाह, अलि नासिर र बासिल हमिदले समान २ तथा बिष्नु सुकुमारन र आयान खानले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको युएईले २० ओभरमा २ विकेट गुमाएर २ सय ४५ रनको विशाल योगफल तयार गरेको थियो ।
टि ट्वान्टी आईमा युएईले बनाएको यो सबैभन्दा उच्च योगफल हो । यसअघि गएको अप्रिलमा बहराईनविरुद्ध उसले २ सय ३६ रनको योगफल तयार गरेको थियो ।
युएईका लागि ओपनरद्वय अलिसान सरफु र मोहम्मद वासिमले अर्धशतकीय ईनिङ खेल्दै पहिलो विकेटका लागि १ सय ३० रनको साझेदारी गरे ।
सरफुले ३३ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ७३ तथा कप्तान वासिमले ५० बलमा ६ चौका र ६ छक्काको सहयोगमा नट आउट ८९ रन जोडे।
आसिफ खानले २२ बलमा ३९ तथा बासिल हमिदले १५ बलमा नट आउट ३७ रन बनाए । नामिबियाका लागि कप्तान ग्रेहार्ड इरास्मसले २ विकेट लिए ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]