6 months ago
September 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा जारी टि ट्वान्टी लिगको ओमानविरुद्धको खेलमा शनिवार घरेलु टोलीसँग खेलेको प्लेईङ११ मा १ परिवर्तन गरेको छ ।
नेपालले शनिवार खेलेका तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा राख्दा गुलशन झालाई मौका दिएको छ ।
नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा ओमानविरुद्ध टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ ।
त्रिकोणात्मक टि ट्वान्टी सिरिजको पहिलो खेलमा शनिवार नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो। सिरिजमा यो नेपालको दोस्रो र ओमानको पहिलो खेल हो।
नेपालको प्लेइङ११
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, अनिल शाह, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र रिजन ढकाल।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]