default_image

3 hours ago

September 29, 2024

नेपाल र ओमान खेल्दै

1228 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल क्यानडाको किंग सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो ।  १ सय २४ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो । खराब ब्याटिङलाई निरन्तरता दिँदा नेपाल पराजित भएको थियो ।

ओमान यो टि ट्वान्टी सिरिजको पहिलो खेल खेल्दैछ । दुवै टोली सिरिजमा पहिलो जितको खोजीमा हुनेछन् । नेपालको जितको लय हराईसकेको अवस्था छ ।

प्रमुख ब्याटरहरुबाट जिम्मेवार ब्याटिङको प्रदर्शन गर्न आवश्यक  छ । क्यानडा टुरका क्रममा नेपालले खेलेका चार वटै खेलमा केही बाहेक मुख्य मानिएका ब्याटरबाट अपेक्षित प्रदर्शन हुन सकेन ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १७ अप्रिल पछि कुनै पनि खेल जित्न सकेको छैन । यसबीच नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

नेपाल र ओमान हालसम्म टि ट्वान्टी आईमा ६ पटक आमनेसामने सामने भएका छन् । जसमा समान ३ पटक जित र हार भएको छ । पछिल्लो ५ भेट मध्ये ३ खेलमा नेपाल विजयी हुँदा २  खेल ओमानले जितेको छ ।

नेपाल र ओमानबीचमा भएको पछिल्लो खेल ओमानले सुपर ओभरमा जितेको थियो। गत वर्ष आइसिसी एसिया छनोटको फाइनल खेलमा नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन मात्र बनाए पछि खेल बराबरी भएको थियो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले १० रन मात्र बनाएपछि पराजित भएको थियो ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

रिजनलाई डेब्युमा नै विकेट

काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर रिजन ढकालले टि ट्वान्टी आई डेब्यु खेलमा नै विकेट लिएका छन् । क्यानडामा आजबाट सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीविरुद्ध खेलमा रिजनले डेब्यु गरेका थिए । रिजनले क्यानडाका ओपनर आरोन जोनसनलाई ९ बलमा ९ रन बनाउँदा आउट गराएका हुन् । रिजनले आफ्नो दोस्रो ओभरको पहिलो बलमा नै विकेट […]

Success

Thank you for your time.