5 months ago
September 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो ।
पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ।
त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को करिब ५२ करोड रुपैयाँ आयव्यय विवरणलाई पनि साधारण सभाले अनुमोदन गरेको क्यानका प्रवक्ता छुम्बी लामाले हाम्रो खेलकुद लाई जानकारी दिए।
क्यानका सचिव पारस खड्काले प्रस्तुत गरेको प्रगति विवरण पनि साधारण सभाले पास गरेको छ। उनले प्रस्तुत गरेको विवरणमा नेपालले खेलेको अन्तराष्ट्रिय प्रतियोगिता, राष्ट्रिय प्रतियोगिताहरू लगायत सम्पूर्ण कार्यक्रमहरू रहेको थियो।
सचिव खड्काले चालु आर्थिक वर्षको लागि पनि योजनाहरू प्रस्तुत गरेका थिए। केहि कार्यक्रमहरुमा आएको सल्लाह सुझावका आधारमा संसोधनसहित योजनाहरू पनि पारित भएको बताइएको छ।
क्यानका पूर्व अध्यक्ष स्वर्गीय जय कुमार नाथ शाहकल नाममा इलिट कप क्रिकेट गरिने कार्यक्रम रहेको छ। जसमा फर्म्यटाको भने टुङ्गो लागेको छैन। सातै वटा प्रदेशमा डेपलप्मेन्ट अफिसर नियुक्त गर्ने योजनामा समावेश छ।
साधारण सभामा क्यान बोर्डका सदस्य १५, प्रदेशबाट २३, जिल्लाबाट ४५, अम्पायर र प्रशिक्षक संघबाट प्रतिनिधि १-१ तथा विभिन्न उप-समितिका सदस्य गरी करिब १ सय २५ जना प्रतिनिधिको सहभागिता थियो।
त्यसअघि आजै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले साधारण सभाको उद्घाटन गरेका थिए। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको पनि उद्घाटन सत्रमा उपस्थिति थियो। साधारण सभा शनिवार सकिनेछ। गत वर्ष असोज ६ गते निर्वाचन पछि बसेको क्यानको यो पहिलो साधारणसभा हो।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]