5 months ago
September 27, 2024
एजेन्सी – क्यानडाले विश्वकप लिग टुमा लगातार चौथो जित हात पारेको छ ।
विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको ४ खेलमा क्यानडाले जित निकालेको हो । लगातार चौथो जित हासिल गर्ने क्रममा बिहीवार क्यानडाले ओमानलाई ५ विकेटले हराएको थियो ।
१ सय ९९ रनको लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । टोलीका प्रगत सिंहले ९५ बलमा ८३ रनको अर्धशतकीय इनिङ खेलेका थिए।
श्रेयस मोभ्भाले ६० बलमा नट आउट ३६, ओपनर आरोन जोनसनले २७ बलमा ३१, अर्का ओपनर नवनित धालीवालले ६१ बलमा २५ तथा हर्ष ठाकरले १० रन जोडेका थिए ।
ओमानका लागि आयान खानले २ तथा कप्तान अकिब इल्यास, जिशान मक्शुद र सकिल अहमदले समान १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रनको योगफल तयार गरेको थियो ।
टोलीका कश्यप प्रजापती र अकिब इल्यासले अर्धशतकीय ईनिङ खेले । कप्तान इल्यासले ९८ बलमा सर्वाधिक ६१ तथा प्रजापतीले १ सय बलमा ५२ रन बनाएका थिए । सकिल अहमदले २५ बलमा नट आउट २९ तथा आयान खानले १३ बलमा १२ रन बनाएका थिए ।
क्यानडाका लागि कलिम साना र प्रगत सिंहले समान २ तथा साद विन जाफर र हर्ष ठाकरले समान १ विकेट लिएका थिए । क्यानडाले पहिलो र तेस्रो खेलमा नेपाललाई तथा दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
जितपछि १२ खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा छ । पराजित ओमान ८ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । नेपालसहित ८ टोली सहभागी लिग टुमा हरेक टोली सन् २०२७ सम्ममा ३६ ओडिआई खेल खेल्नेछन् ।
अंक तालिकाको शीर्ष ४ टोलीले २०२७ मा हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् । बाँकी ४ टोलीले भने विश्वकप छनोटमा स्थान बनाउँन प्लेअफ खेल्नु पर्ने हुन्छ ।
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]