default_image

7 hours ago

September 26, 2024

टेक्ससमा नेपाल र अमेरिकाबीच टि ट्वान्टी सिरिज हुने

594 views

0 Bookmark

सुरज भण्डारी, टेक्सस (अमेरिका)

अमेरिकाको टेक्सस राज्यको ग्राण्डपेरी शहरमा नेपालले अमेरिकासँग ३ टि ट्वान्टी आई सिरिज खेल्ने भएको छ ।

अमेरिका र स्कटल्याण्ड सम्मिलित आईसिसी विश्वकप लिग टु ओडिआई सिरिज खेल्न अमेरिका आउन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यसअघि अमेरिकासँग टि ट्वान्टी सिरिज खेल्ने भएको हो ।

ग्रान्ड पेरी क्रिकेट स्टेडियममा हुने टि ट्वान्टी क्रिकेट श्रृखंला १७ अक्टुबर देखि २० अक्टुबर सम्म हुनेछ ।
टि ट्वान्टी सिरिजपछि नेपालले अक्टुबर २५ देखि नोभेम्बर ४ सम्म हुने लिग टु सिरिज खेल्नेछ ।

युएसए क्रिकेटले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल र अमेरिका बीचको टि ट्वान्टी क्रिकेट सिरिज र त्यसपछिको अनि लिट टु को त्रिकोणात्मक सिरिजको जानकारी गराएको छ।

दुवैं सिरिजका का लागि युएसए क्रिकेटले टिकट विक्री समेत खुल्ला गरेको छ। टिकट दर खेल अनुसार अमेरिकी १० देखि १५ डलर राखिएको छ ।

युएसए क्रिकेटका अध्यक्ष भेनु पिसिकेले क्रिकेट प्रेमी समुदाय रहेको स्थानमा खेल हुने कुराले आफू धेरैं खुशी भएको र सबै क्रिकेट प्रेमीहरुलाई मैदानमा आई खेलाडीहरुलाई हौसला बढाउन आग्रह गरेका छन् ।

नेपाल र अमेरिका बीचको टि ट्वान्टी सिरिजको पहिलो खेल १७ अक्टुबर, दोस्रो खेल १९ अक्टुबर र तेस्रो खेल २० अक्टुबरमा हुनेछ । सबै खेल अमेरिकाको सेन्ट्रल समय अनुसार साँझ ७ बजे सुरु हुनेछ ।

यसैगरी, नेपाल, अमेरिका र स्कटल्याण्ड लिग टु सिरिजको पहिलो खेल अमेरिका र स्कटल्याण्डको बीचमा २५ अक्टुबरमा हुनेछ।

दोस्रो खेल नेपाल र अमेरिका बीचमा २७ अक्टुबरमा, तेस्रो खेल नेपाल र स्कटल्याण्डबीच २९ अक्टुबरमा हुनेछ ।

चौथो खेल अमेरिका र स्कटल्याण्डबीच ३१ अक्टुबरमा, पाचौं खेल नेपाल र अमेरिकाको बीचमा नोभेम्बर २ मा र अन्तिम खेल नेपाल र स्कटल्याण्डको बीचमा नोभेम्बर ४ मा हुनेछ ।

नेपालको राष्ट्रिय क्रिकेट टोली अक्टुबरको दोस्रो सातासम्म अमेरिका आइसक्ने बताइएको । हाल क्यानडामा रहेको नेपाली राष्ट्रिय टोलीले ओमान र क्यानडासँगको लिग टु सिरिज खेलेको मा थियो ।

नेपालले क्यानडासँगको दुवै र ओमानसँगको एक खेल गुमाएको थियो। नेपाल र ओमानबीचको अर्को खेल बर्षामा रद्द भएको थियो।

September 26, 2024

चन्डिमलको शतकमा श्रीलंकाको मजबुत सुरुवात

एजेन्सी – विकेटकिपर दिनेश चन्डिमलको शतकको सहयोगमा न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा श्रीलंकाले बलियो सुरुवात गरेको छ । दुई खेलको टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा रहेको छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । श्रीलंकाको गालेमा टस जितेर पहिले ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा […]

September 26, 2024

विश्वकप लिग टु – नामिबियाद्वारा युएई पराजित

एजेन्सी – विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले युएईमाथि जित हासिल गरेको छ । १२औं खेलमा पाँचौ जित हात पार्ने क्रममा नामिबियाले युएईलाई बिहीवार ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । १ सय ९१ रनको लक्ष्य नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नामिबियाका मिचेल भान लिगेंन र कप्तान ग्रेहार्ड […]

September 25, 2024

सन्दीपको वरियतामा व्यापक सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले जारी गरेको पछिल्लो वरियतामा सन्दीपले आफ्नो वरियतामा व्यापक सुधार गरेका हुन् । नयाँ वरियतामा सन्दीप २२ स्थान सुधार गर्दै संयुक्त ४१ औं स्थानमा उक्लिएका छन् । अष्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडको पनि […]

Success

Thank you for your time.