6 months ago
September 26, 2024
एजेन्सी – विकेटकिपर दिनेश चन्डिमलको शतकको सहयोगमा न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा श्रीलंकाले बलियो सुरुवात गरेको छ ।
दुई खेलको टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा रहेको छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ ।
श्रीलंकाको गालेमा टस जितेर पहिले ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ३ विकेट गुमाएर ३ सय ६ रन बनाएको छ ।
घरेलु टोलीका एन्जेलो म्याथ्युज र कमिन्डु मेन्डिस अर्धशतक बनाएर क्रिजमा रहेका छन् । म्याथ्युज ७८ तथा कमिन्डु ५१ रनमा नट आउट छन् ।
त्यसअघि चन्डिमल २०८ बलमा १ सय १६ रन बनाउदै ग्लेन फिलिप्सको बलमा बोल्ड आउट भएका थिए ।
चन्डिमलले दोस्रो विकेटका लागि दिमुथ करुणारत्नसँग मिलेर १ सय २२ रनको साझेदारी गरेका थिए । करुणारत्ने १ सय ९ बलमा ४६ रन बनाउदै रन आउट भएका थिए ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]