default_image

4 months ago

September 24, 2024

नेपाल र ओमानबीचको खेल रद्द

2487 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – लगातारको वर्षाका कारण नेपाल र ओमानबीचको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको खेल रद्द भएको छ ।

निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल मंगलवार नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्ने तालिका थियो। तर निरन्तरको वर्षाका कारण खेल हुन सकेन । खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बाडेका छन् ।

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएको थियो ।

ओमानलाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउने लक्ष्यमा रहेको थियो । यसअघि नेपालमै भएको विश्वकप लिग टुको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्समाथि जित हासिल गरेको थियो ।

लिग टुको अंक तालिकामा नेपाल ८ खेलमा ३ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ७ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।

ओडिआई सिरिज पछि नेपालले क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्नेछ ।

January 23, 2025

महिला त्रिकोणात्मक सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको खेल तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार विज्ञप्ति जारी गर्दै खेल तालिका परिवर्तन भएको जनाएको छ । क्यानले यस अघि जनाए जस्तै सिरिज माघ १७ देखि २५ (जनवरी ३० देखि फेब्रुअरी ७) गते सम्म […]

January 23, 2025

कुशल सम्मिलित डेजर्टको जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा अर्को जित हासिल गरेको छ । सुरुवाती ४ खेलमा लगातार जित हात पारेको डेजर्ट पाँचौ खेलमा भने पराजित भएको थियो । लिगको आफ्नो छैठौं खेलमा भने डेजर्टले फेरि जित हात पारेको हो । डेजर्टले बुधवार भएको खेलमा सारजहा वारियर्सलाई […]

January 22, 2025

अभिषेकको अर्धशतकमा भारतले इङ्ग्ल्याण्डलाई हरायो

एजेन्सी – ओपनर अभिषेक शर्माको अर्धशतक प्रेरित भारतले इङ्ग्ल्याण्डलसई पहिलो टि ट्वान्टी आईमा हराएको छ । भारतको कोलकातामा बुधवार भएको खेलमा घरेलु टोलीले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गर्यो । जितसँगै भारतले ५ खेलको सिरिजमा १- ० को अग्रता लिएको छ । १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो […]

Success

Thank you for your time.