6 months ago
September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रमियर लिग (एनपिएल) को लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले औपचारिक रूपमा हेल्प डेस्कको सुरूवात गरेको छ।
आज राखेपका सदस्य सचिव टंक लाल घिसिङ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेल्प डेस्कको संयुक्त रुपमा उदघाटन गरे।
हेल्प डेस्क राखेपको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा रहेको छ। हेल्प डेस्क राखेपको प्रशासन शाखाका सानु राजा केसीको संयोजकत्वमा गठन गरिएको हो। जहाँ कानुन शाखाका धन शाही र लेखा शाखाका शंकर अधिकारी पनि रहने छन् ।
सदस्य सचिव घिसिङले तीनै जनालाई जिम्मेवारीको पत्र पनि सोही कार्यक्रममा हस्तान्तरण गरे। यसैगरी राखेप सदस्य सचिव घिसिङले क्यानका सचिव खड्कालाई जानकारी पत्र पनि प्रदान गरे।
हेल्प डेस्कले विशेष गरी एनपिएलमा सहभागी विदेशी खेलाडीको भिसा र श्रम स्वीकृति प्राप्तीकस लागि आवश्यक संमन्वय गर्नेछ।
हेल्प डेस्कको सुरूवातसँगै सहजिकरणको सम्पूर्ण काम राखेपले एकद्वारबाट गर्ने सदस्य सचिव घिसिङले बताए। सरकारी प्रक्रिया अनुसार भिसा र श्रम स्वीकृतिको प्रक्रिया निकै लामो र झंझटिलो रहँदै आएको गुनासो बारम्बार उठ्दै आएको छ।
सोही कारण सुरूवाती प्रक्रियामा नै सबै कागजातको लागि हेल्प डेस्कले सहजिकरण गर्दा प्रकिया सहज हुने बताइएको छ। अहिलेको लागि एनपिएलबाट सुरूवात भएपनि जरूरी भएमा अन्य खेललाई पनि सहयोग गर्ने जिकिर सदस्य सचिव घिसिङले गरे।
यो किसिमको साथका लागि सचिव खड्काले परिषदलाई धन्यवाद दिए। यो सुरूवात उत्कृष्ट भएको र भविष्यमा सबै खेललाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सहयोगलाई उनले एनपिएलाई राखेपको औपचारिक मान्यताको रूपमा पनि लिएको खड्काले बताए। यो हेल्प डेस्क एनपिएलको लागि निकै सहयोगी हुनेमा विश्वस्त रहेको पनि बताए।
एनपिएलको चर्चा अहिले निकै चुलिएको छ। मार्की खेलाडीको तय भैसकेको छ। ८ मार्की खेलाडीले २० लाख प्राप्त गर्ने क्यानले घोषणा गरिसकेको छ। ८ टिमको घोषणा पनि भैसकेको छ। अक्सनका लागि खेलाडी रजिस्ट्रेसन पनि खुल्ला भैसकेको छ। एनपिएल मंसिर १५ गते देखि पुस ६ गते सम्म हुनेछ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । सोमवार प्रतियोगितामा लगातार पाँचौं जित हात पार्ने क्रममा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । पुलिसले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]