5 months ago
September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश क्रिकेट संघको तेस्रो साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभामा बागमती प्रदेशका ४ खेलाडी सम्मानित भए।
वर्ष पुरूष खेलाडीबाट सूर्य तामाङ र बर्ष महिला खेलाडीबाट खुशी डंगोल सम्मानित भए। उनीहरूलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको छ।
यसैगरी उदयीमान पुरूष खेलाडीबाट आशुतोष घिरोयिया र महिलाबाट हेलिसा गुरूङ सम्मानित भएका छन्। उनीहरूले समान १० हजार रुपैयाँ प्राप्त गरे।
यस्तै पूर्व राष्ट्रिय कप्तान तथा बागमती प्रदेश क्रिकेट संघका संस्थापक अध्यक्ष राजु बस्न्यातलाई विशेष सम्मान गरिएको छ। उनलाई खेलाडीदेखि क्यानको विभिन्न पदमा रहेर तथा प्रशिक्षकको भूमिकामा रहेर पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
यसअघि साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले गरेका थिए। बन्द सत्रमा कोषाध्यक्ष सञ्जय बस्नेतले पेश गरेको आर्थिक प्रतिवेदन पारित भएको छ। साथै सचिव प्रशन्न शाक्यले वार्षिक प्रतिवेदन पेश गरेका थिए।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]