default_image

2 hours ago

September 23, 2024

काठमाडौं जिल्ला क्रिकेटको साधारण सभामा प्रशिक्षक र खेलाडी सम्मानित

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला क्रिकेट संघको पाँचौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

साधारण सभाको‌ बन्द सत्रले‌ सचिव र कोषाध्यक्षको प्रतिवेदन पास गरेको थियो। सभामा ३६ जनाको सहभागिता रहेको काठमाडौं जिल्लाले‌ जानकारी दिएको छ।

उद्घाटनमा प्रशिक्षक र खेलाडीलाई सम्मान गरिएको थियो। नेपालका पूर्व प्रशिक्षकद्वय अरुण अर्याल र सुनोज भट्टराईलाई सम्मान गरिएको थियो ।

नेपाली राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका काठमाडौं जिल्लाका ३ महिला तथा उमेर समूहका एक पुरुष खेलाडीलाई सम्मान गरिएको हो ।
महिलातर्फ अस्मिना कर्माचार्य, खुसी डंगोल र कञ्चन श्रेष्ठ तथा पुरुषतर्फ उत्तम थापामगरलाई समान ५ हजार रुपैयाँसहित सम्मान गरियो ।

नेपालले दक्षिण अफ्रिकामा भएको आइसिसी यु-१९ एकदिवसीय विश्वकपमा खेल्दा उत्तम टोलीका सदस्य थिए । नेपालले हङकङमा त्रिकोणात्मक ट्वान्टी-२० शृंखला खेल्दा अस्मिना, खुसी र कञ्चन टोलीमा थिए ।

काठमाडौं जिल्ला क्रिकेट संघमा‌ अध्यक्ष दिवाकर घलेले नेपाली क्रिकेटको‌ उतारचढावको‌ स्मरण गर्दै जिल्लाको भावी योजनाका बारेमा प्रकाश पारेका थिए। घलेले जिल्लाको क्रिकेट विकासमा साथ दिने सबैलाई धन्यावाद दिएका‌ थिए।

घलेले काठमाडौं जिल्ला सधैंभरि नै प्रतिभाशाली खेलाडी उत्पादनको उर्वर भूमि रहँदै उल्लेख गर्दै जिल्लाले खेलाडीहरूको प्रगतिको इतिहासलाई कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको‌ बताए।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालगायतको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी काठमाडौं जिल्लाबाट उत्पादन भएको उल्लेख गर्दै भन्दै घलेले भने,’ पारस काठमाडौं जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्य समेत हुनुहुन्छ। काठमाडौंबाट बागमती प्रदेशको अध्यक्ष हुँदै क्यानको सचिव बन्न सफल भएकोमा काठमाडौं जिल्ला गर्व गर्छ। भविष्यमा क्यानमा पुर्याउन प्रतिभाशाली व्यक्तिहरुलाई सधैं नै सहयोग गर्नेछौं।’

घलेले काठमाडौंले आयोजना गर्दै आएको जयकुमार नाथ शाह स्मृति यू-१६ अन्तर स्कुल प्रतियोगितालाई अझ व्यापक, व्यवस्थित रर भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य रहेको‌ बताए ।

आगामी वर्षमा क्लब तथा एकेडेमीलाई ए र बी श्रेणीमा विभाजन गरेर लिग सञ्चालन गर्ने, प्रशिक्षक कोर्स सञ्चालन गरेर नयाँ प्रशिक्षकहरू उत्पादन गर्ने लक्ष्य रहेको‌ उनले बताए ।

सो‌‌ अवसरमा जिल्लाले आयोजना गर्ने प्रतियोगिताका प्रायोजकहरुलाई‌ कदर पत्र प्रदान गरिएको थियो।
नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले नेपाली क्रिकेटको विकासमा काठमाडौं जिल्लाको योगदान रहेको चर्चा गरे । 

यसैगरी नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संघमा आवद्ध  ४५ जिल्लामध्ये काठमाडौं शीर्ष ५ भित्र पर्ने‌ बताएका । काठमाडौं जिल्ला कार्यसमितिका सदस्य समेत रहेका उनले जिल्ला बलियो भए‌ प्रदेश र प्रदेश बलियो भए केन्द्र बलियो हुनेमा जोड दिए‌कस थिए।

September 23, 2024

अमेरिकाको लगातार तेस्रो जित

एजेन्सी – आइसिसी विश्वकप लिग टुमा अमेरिकाले लगातार तेस्रो जित हासिल गरेको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीलाई ७ विकेटले पराजित गर्दै अमेरिकाले आफ्नो जितको लयलाई निरन्तरता दिएको हो । पहिलो खेलमा नामिबियालाई नै पराजित गरेको अमेरिकाले दोस्रो खेलमा युएईमाथि जित हात पारेको थियो । आइतवार भएको खेलमा नामिबियाले दिएको २ […]

September 23, 2024

विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित […]

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका […]

Success

Thank you for your time.