default_image

5 months ago

September 23, 2024

नेपाल १ सय ८१ रनमा अलआउट, सन्दीप अर्धशतकबाट १ रनले चुके

4661 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडालाई १ सय ८२ रनको मध्यम लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटीमा आइतवार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनायो ।

नेपालका लागि सन्दीप लामिछानेले ४८ बलमा सर्वाधिक ४९ रन जोडे । उनले ५ चौका र १ छक्का प्रहार गरे। सन्दीपको ओडिआई करियरको यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि सन्दीपले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।

गुलशन झाले ५६ बलमा ३४ रन बनाए । सातौं विकेटका लागि आरिफ शेखसँग मिलेर गुलशनले ३४ रनको साझेदारी गरेका थिए । आरिफले ३३ बलमा १० रन मात्र बनाए ।

आठौं विकेटका लागि सन्दीपले सोमपाल कामीसंग मिलेर ५५ रनको महत्वपूर्ण साझेदारी गरे । सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भए ।

नेपालका ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरे । करणले २८ बलमा २४ रन बनाए ।

क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिए । सिरिजमा नेपालले यसअघिका दुई खेल गुमाइसकेको छ।

March 1, 2025

दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा

एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका‌ रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]

March 1, 2025

दक्षिण अफ्रिकालाई सामन्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो।‌ समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

Success

Thank you for your time.