4 months ago
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । आसिफ २ रन बनाउदै कलिम सानाको बलमा आउट भएका हुन् ।
टस जितेर ब्याटिङ गरिरहेको नेपालले अहिले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर १५ रन बनाएको छ । क्रिजमा अहिले ओपनर अर्जुन साउद ७ र भीम सार्की ३ रनमा रहेका छन् ।
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा युथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ । आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरुप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरि युथ कप संचालन गरिदै छ । […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको बिस्फोटक शतकको सहयोगमा राजधानीमा जारी जय नेपाल कप क्रिकेटमा त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले फराकिलो जित हासिल गरेको छ । बिहीवार भएको दिनको दोस्रो खेलमा त्रिविले पूर्वाञ्चल विश्विद्याललाई १ सय ६७ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको त्रिविले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । […]
January 23, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर सम्झना खड्काको अर्धशतकको सहयोगमा कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई हराएको छ । बिहीवार भएको सुपर फोरको खेलमा विभागीय टोली आर्मीले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हराएको हो । आर्मी समूह बी को विजेता तथा सुदूरपश्चिम समूह ए को उपविजेता बन्दै सुपर फोरमा पुगेका थिए […]