default_image

1 hour ago

September 22, 2024

नेपाल पहिले ब्याटिङ गर्दै

1824 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग हार बेहोरेको थियो ।

नेपाल यसअघिको खेलमा क्यानडासँग कमजोर ब्याटिङका कारण पराजित भएको थियो । यो खेलमा अघिल्लो खेलको कमजोरीलाई‌ सुधार गर्ने प्रयासमा नेपाली टोली रहनेछ ।

क्यानडालाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउँन चाहन्छ । लिग टुको अंक तालिकामा नेपाल ६ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।

क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० सम्म हुनेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको चौथो खेल असोज ८ गते ओमानविरुद्ध रहेको छ ।

ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा नै टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

September 22, 2024

आसिफ बने सानाको शिकार

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको हो । आसिफ २ रन बनाउदै कलिम सानाको बलमा आउट भएका हुन् । टस जितेर ब्याटिङ गरिरहेको नेपालले अहिले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर १५ रन बनाएको छ । क्रिजमा अहिले […]

September 22, 2024

अघिल्लो खेलको टोलीलाई निरन्तरता

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले बुधवार ओमानसँग खेलेको प्लेईङ-११ लाई निरन्तरता दिएको छ । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ […]

September 22, 2024

आश्विनको अलराउन्ड प्रदर्शनमा भारतको जित

एजेन्सी – रविचन्द्रन आश्विनको पहिलो इनिङमा शतक तथा दोस्रो इनिङमा ६ विकेट लिएपछि भारतले बंगलादेशलाई २ सय ८० रनले पराजित गरेको छ। भारतले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ । ५ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा चौथो दिन आइतवार २ सय ३४ रनमा अल आउट भयो । टोलीका कप्तान नजमल […]

Success

Thank you for your time.