5 months ago
September 22, 2024
एजेन्सी – विश्वविजेता अस्ट्रेलियाले इङ्ग्ल्यान्डविरुद्धको ओडिआईमा लगातार दोस्रो जित निकालेको छ । ५ ओडिआई सिरिजका लागि अस्ट्रेलिया इङ्ग्ल्यान्ड भ्रमणमा छ ।
यो खेलमा जितपाछि अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता बनाएको छ । लिड्समा २ सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४०.२ ओभरमा २ सय २ रनमा अल आउट भयो ।
जेमी स्मिथले ६१ बलमा ४९, बेन डुकेटले ३२, आदिल राशिदले २७ तथा ज्याकोब बेथहेलले २५ रन बनाए ।
अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा ग्लेन म्याक्सवेल, आरोन हार्डी र जोस हेजलवुडले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको अस्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुँदै २ सय ७० रन जाडेको थियो । विकेटकिपर एलेक्स क्यारीले ६७ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७४ रन जोडेका थिए ।
कप्तान मिचेल मार्शले ५९ बलमा ६०, ओपनरद्वय म्याथ्यु शर्ट र ट्राभिस हेडले समान २९, आरोन हार्डीले २३ तथा ग्लेन म्याक्सवेलले ७ रन बनाए । घरेलु टोलीका लागि ब्रायडन कार्सले ३ तथा ज्याकोब बेथहेल, म्याथ्यु पोट र आदिल राशिदले समान २ विकेट लिए ।
ओडिआईमा अस्ट्रेलियाको यो १४ औं जित हो । गतवर्ष ओडिआई विश्वकपको समूह चरणमा भारतसँग पराजित भएयता अस्ट्रेलियाको कुनै खेल गुमाएको छैन। सिरिजको तेस्रो ओडिआई मंगलवार हुनेछ ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]