6 months ago
September 21, 2024
एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ओडिआई सिरिजमा एतिहासिक सफलता हासिल गरेको छ ।
अफगानिस्तानले शुक्रवार दोस्रो ओडिआई १ सय ७७ रनको जित निकालेसँगै एक खेलअघि नै सिरिजमा कब्जा जमाएको छ । पहिलो खेल अफगानिस्तानले ६ विकेटले जितेको थियो ।
दक्षिण अफ्रिका विरुद्ध अफगानिस्तानको त्यो पहिलो जित थियो । अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जितेको यो पहिलो पटक हो ।
सारजहामा ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४.२ ओभरमा अल आउट हुँदै १ सय ३४ रन मात्र बनाउन सक्यो ।
कप्तान टेम्बा बभुमाले सर्वाधिक ३८, टोनी डि जोर्जीले ३१, एडेन मारकमले २१ तथा रिजा हेनरिक्सले १७ रन जोडे । एक समय ७३ रनमा कुनै विकेट नगुमाएको दक्षिण अफ्रिकाले बाँकी ६१ रन जोड्दा १० विकेट गुमायो ।
अफगानिस्तानका राशिद खानले ९ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । नान्गियालिया खारोटेले ४ र अज्मतुल्लाह ओमरजाइले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ओपनर रमिउल्लाह गुर्वाजको शतकमा ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ११ रन बनायो । गुर्वाजले १ सय १० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५ रन जोडे ।
अज्मतुल्लाह ओमरजाइले ५० बलमा ५ चौका र ६ छक्कासहित नट आउट ८६ रन बनाए । रहमत शाहले ६६ बलमा ५०, रियज हसनले ४५ बलमा २९ र राशिद खानले १२ बलमा नट आउट ६ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि लुन्गि एन्गेडि, एडेन मारकम र नान्द्रे बर्गरले समान १ विकेट लिए । दुई टोलीबीचको तेस्रो ओडिआई खेल आइतवार हुनेछ ।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]