5 months ago
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
रोहितले ६४ बलमा २ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका छन् । रोहितको ६३औं ओडिआईमा यो दशौं अर्धशतक हो ।
टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । आरिफले अर्धशतक पूरा गर्नुअघि नेपालले चौथो विकेटका गुमाएको थियो । चौथो विकेटका रुपमा नेपालका आरिफ शेख आउट भएका हुन् । उनी शाकिलको बलमा कट बिहाइन्ड भए ।
ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेलसँग मिलेर आरिफ शेखले चौथो विकेटका लागि ८३ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । ओमानका स्पिनर सकिल अहमदको बलमा आरिफ ३५ रन बनाउँदै आउट भएका हुन् ।
नेपालले अहिले ३९ ओभरको समाप्तीमा ४ विकेट गुमाएर १ सय ३३ रन बनाएको छ । क्रिजमा रोहित पौडेल र गुलसन झा रहेका छन् ।
March 1, 2025
एजेन्सी – दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। रस्सी भान डर दुसेन र हेनरिक क्लासेनको सानदार साझेदारीमा कमजोर इङ्ग्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका समूह विजेताका रुपमा अन्तिम चारमा पुग्यो । पाकिस्तानको कराचीस्थित नेसनल स्टेडियममा जितको लागि १ सय ८० रनको सहज लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा मात्र ३ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ। पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो। समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]