default_image

5 months ago

September 18, 2024

दक्षिण अफ्रिकामाथि अफगानिस्तानको ऐतिहासिक जित

1128 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले दक्षिण अफ्रिकामाथि ओडिआई खेलमा ऐतिहासिक जित हात पारेको छ ।

दक्षिण अफ्रिकासँग पहिलो पटक ३ खेलको ओडिआई सिरिज खेलिरहेको अफगानिस्तानले पहिलो खेलमा ६ विकेटको जित हात पारेको हो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेट खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो पटक हो ।

युएईको शारजहामा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको सामान्य लक्ष्य अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानको ऐतिहासिक जितमा गुलबदिन नैबले २७ बलमा नट आउट ३४ तथा अजमततुल्लाह ओमारजाइले ३६ बलमा नट आउट २५ रन जोडे ।

कप्तान हशमतुल्लाह शाहिदी र रियाज हसनले समान १६ रन बनाए । दक्षिण अफ्रिकाका लागि विजोन फर्टुनले २ तथा एडेन मारकम र लुंगि एन्गेडिले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ३३.३ ओभरमा १ सय ६ रनमा समेटिएको थियो । दक्षिण अफ्रिकाका लागि वायन मुल्दारले ८४ बलमा सर्वाधिक ५२ रन जोडे । विजोन फर्टुनले १६, टोनी डि जोर्जीले ११ तथा क्लेन भिरेनले १० रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अफगानिस्तानका लागि फजल-हक फारुकीले ४, अल्लाह गजान्फरले ३ तथा राशिद खानले २ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार रहेको छ ।

February 7, 2025

महिला त्रिकोणात्मक सिरिज – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजमा अहिलेसम्म खेलका पाँचै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो, तेस्रो र पाँचौ खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो र चौथो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो […]

February 7, 2025

इङ्ग्ल्याण्डमाथि भारतको जित

एजेन्सी – घरेलु टोली भारतले इङ्ग्ल्याण्डसँगको पहिलो ओडिआईमा जित हासिल गरेको छ । भारतले बिहीवार भएको खेलमा ४ विकेटको जित हात पारेको हो । जितसँगै ३ खेलको ओडिआई सिरिजमा भारतले १-० को अग्रता लिएको छ । २ सय ४९ रनका मध्यम लक्ष्य भारतले ३८.४ अ‍ेभरमा ६ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा शुभमन गिल, […]

February 6, 2025

अर्जुन ट्रफी – घोडाघोडी-११ द्वारा डडेलधुरा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ ले सान्त्वना जित हात पारेको छ । सान्त्वना जित निकाल्नेक्रममा घोडाघोडीले फ्रेन्डस युथ क्लब डडेलधुरामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । डडेलधुराले दिएको १ सय २५ रनको लक्ष्य घोडाघोडी–११ ले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । घोडाघोडीलाई जिताउन आयुव चन्दले […]

Success

Thank you for your time.