6 months ago
September 18, 2024
एजेन्सी – आईसिसी विश्वकप लिग टुमा युएईले लगातार चौथो हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० विकेटले पराजित भएको हो ।
युएई घरमा नै भएको लिग टुको पहिलो राउन्डमा क्यानडासॅंग २ र स्कटल्यान्डसॅंग १ खेलमा पराजित भएको थियो । स्कटल्यान्डसॅंगको अर्को खेल भने वर्षाका कारण सम्भव हुन सकेको थिएन ।
नामिबियामा बुधवार भएको खेलमा युएईले दिएको १ सय ६ रनको सामान्य लक्ष्य अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
अमेरिकाको जितमा ओपनर आन्द्रेस गौसले ५४ बलमा १२ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ६६ रन बनाए ।
अर्का ओपनर स्मित पटेलले ४१ बलमा ५ चौकाको सहयोगमा ३८ रन जोडे । युएईले ५ बलरको प्रयोग गरे पनि कुनै विकेट भने लिन सकेन ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको युएईले ३१.१ ओभरमा अल आउट हुदै १ सय ६ रन मात्र जोडेको थियो ।
युएईका लागि राहुल चोपराले सर्वाधिक ३२ तथा ओपनर आर्याशं शर्माले ३१ रन जोडे । अलि नासिरले २३ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अमेरिकाका लागि जसदिप सिंहले ४ तथा सौरभ नेत्राभाल्कर, मिलान्ड कुमार र नुस्तुश केन्जिगेले समान २ विकेट लिए ।
जितसॅंगै ८ टोली सहभागी लिगमा अमेरिका ८ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । युएई ४ खेलमा अंक बिहिन रहदै तालिकाको पुछारमा छ ।
नेपाल २ अंकका साथ सातौं स्थानमा छ ।
नेपालको खेल आजै रहेको छ । बेलुका ८ः४५ मा नेपालले ओमानसॅंग खेल्दैछ । सोमवार क्यानडासॅंग नेपाल १ सय ३ रनले पराजित गरेको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]