6 months ago
September 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा आज ओमानको सामना गर्दैछ ।
क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार मंगलबार बेलुका ८ः४५ बजे सुरु हुनेछ ।
यो संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुदैछन् । अघिल्लो संस्करणमा ओमानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर लिग टु सकाएका थिए ।
अघिल्लो संस्करणमा नेपाल र ओमान ६ खेलमा आमने सामने हुँदा ४ खेल ओमानले तथा २ खेल नेपालले जितेको थियो ।
ओडिआई क्रिकेटमा भने नेपाल र ओमान ७ पटक आमने सामने हुँदा नेपाल ३ पटक र ओमान ४ पटक विजयी भएका छन् ।
नेपालले ओडिआई इतिहासमा बनाएको सर्वाधिक ३ सय १० रनको योगफल ओमानविरुद्ध नै बनाएको छ । ओमानले जितेको ४ मध्ये लक्ष्य पछ्याउदै २ र पहिले ब्याटिङ गर्दै २ खेल जितेको छ ।
नेपालले ओमानसँग जितेको २ खेल लक्ष्य पछ्याउँदै जितेको छ भने १ खेल पहिले ब्याटिङ गरेर जितेको छ ।
नेपाल र ओमानबीचको पछिल्लो खेल
नेपाल र ओमानबीचको पछिल्लो ओडिआई खेल नेपालमा नै भएको थियो । एसिसी प्रिमियर कपको समूह चरणमा यो खेल भएको थियो । त्यो खेलमा नेपालले ८४ रनको फराकिलो जित हात पारेको थियो ।
नेपालका लागि कुशल मल्लले ५९ बलमा शतक पूरा गर्दै ३ सय १० रनको कीर्तिमानी योगफल तयार गरेको थियो । यो नै नेपालले ओडिआई इतिहासमा बनाएको सर्वाधिक रन हो ।
नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमान २ सय २६ रनमा अल आउट भएको थियो । ओमानका लागि मोहम्मद नदिमले सर्वाधिक ६५ तथा सन्दीप गौडले ४६ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिएका थिए । सन्दीपले यसै खेलमा कीर्तिमानी १ सय विकेट पनि पूरा गरेका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालले २८औं बलमा पहिलो रन जोडेको थियो । तर कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले विशाल योगफल तयार गरेको थियो ।
कुशलले ५९ बलमा शतक पूरा गरेका थिए । उनले ६४ बलमा १ सय ८ रन बनाएका थिए । सोमपाल कामीले ४८ बलमा नट आउट ६३ रन बनाएका थिए ।
नेपालले ओमानसँग देश बाहिर अन्तिम पटक अमेरिकामा खेलेको थियो । त्यो खेल नेपालले ७ विकेटले जितेको थियो ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]