6 months ago
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी विश्वकप लिग टु अन्तर्गत क्यानडासँगको खेलमा नेपालले पाँचौं विकेट गुमाएको छ ।
नेपालले पाँचौ विकेटका रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । क्यानडाका लागि यसै खेलमा डेब्यु गरेका अन्श पटेलको बलमा दीपेन्द्र ८ रन बनाउँदै आउट भए ।
यसअघि अर्का डेब्यु खेलाडी अखिल कुमारको बलमा भीम सार्की चौथो विकेटका रुपमा आउट भएका थिए । भीमले ३० बलमा १८ रन बनाएका थिए ।
क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ६३ रन बनाएको छ । नेपालको सुरुवाती ब्याटरहरुलाई हेलिन डेलिगरले आउट गराएका थिए ।
हेलिगरले नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान रोहित पौडेललाई आउट गराए । ओपनर कुशललाई एलबिडब्लु आउट गराएका उनले आसिफलाई भने २० रनमा क्याच आउट गराए । कप्तान पौडेललाई मात्र ५ रनमा आउट गराए ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]