default_image

6 months ago

September 17, 2024

हेलिगरको पेसमा पेलियो नेपाल

1037 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी विश्वकप लिग टु अन्तर्गत क्यानडासँगको खेलमा तीव्रगतीका बलर डेलिन हेलिगरको पेसमा नेपालले १३ ओभरमा ३ विकेट गुमाएको छ ।

नेपालले गुमाएको तीनै विकेट पेस बलर हेलिगरको नाममा रहेको छ । हेलिगरले नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान रोहित पौडेललाई आउट गराए । ओपनर कुशललाई एलबिडब्लु आउट गराएका उनले आसिफलाई भने २० रनमा क्याच आउट गराए ।

कप्तान पौडेल मात्र ५ रन जोड्दै पेभेलियन फर्किए आउट गराए । क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १३ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ४७ रन बनाएको छ ।

हेलिगरले यसअघि क्यानडाको ब्याटिङमा २७ बलमा ३० रन जोडेका थिए ।

यो पनि : क्यानडाद्वारा नेपालसामु बलियो लक्ष्य प्रस्तुत

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.