default_image

6 months ago

September 17, 2024

नामिबिया घरमै अमेरिकासँग पराजित

589 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबियामाथि ६ विकेटको जित हात पारेको छ ।

नामिबियाले विन्डोहकमा दिएको २ सय रनको लक्ष्य अमेरिकाले ४१.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । अमेरिकाको जितमा कप्तान मोनांक पटेलले ८२ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७२ रन बनाए ।

साइतेजा मुककामल्ला ७४ बलमा ४ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहँदा सुशान्त मोदानीले ३६ रन बनाए ।नामिबियाका जेरार्ड इरास्मसले २ र टांगेनी लुंगामेनीले १ विकेट लिए ।

त्यसअघि टस ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । नामिबियाका जान फ्रेलिंकले ८८ बलमा ७ चौकासहित सर्वाधिक ७० रन बनाए । जेजे स्मिथले ७५ बलमा ३ चौका र ३ छक्कासहित ४९ रन जोडे ।

अमेरिकाका सौरभ नेत्रवालकर, जुआनोय ड्रिसडेल र मिलिन्द कुमारले २–२ विकेट लिए । अमेरिका, यूएई र नामिबियाबीच यस लिग २ को त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा आजदेखी सुरु भएको छ ।

अर्को लिग २ को त्रिकोणात्मक सिरिजमा क्यानडा, नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र क्यानडाबीचको खेल जारी छ । नामिबियालाई हराएको अमेरिका ६ अंकका साथ पाँचौ स्थानमा छ । पराजित नामिबिया ८ अंकका साथ चौथो स्थानमा छ ।

नेदरल्यान्ड्स शीर्ष स्थानमा रहॅंदा २ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ । लिग टु मा ८ टोली सहभागी रहेका छन् ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.