6 months ago
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा सिरिजको पहिलो खेलमा नेपालका ललित राजवंशीले व्यक्तिगत दोस्रो सफलता दिलाएका छन् ।
ललितले ४४औं ओभरको पहिलो बलमा ३० रन बनाएर आक्रामक ब्याटिङ गरिरहेका डेलिन हेलिगरलाई आउट गराए । उनी २७ बल खेल्दै कुशल भुर्तेलबाट क्याच आउट भएका हुन् । क्यानडाले अहिले ४४ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको छ ।
त्यसअघि ललित राजवंशीले पहिलो, सन्दीप लामिछानले दोस्रो र गुलसन झाले तेस्रो विकेट लिएका थिए । तीव्रगतीका बलर गुलसन झाले क्यानडाका ओपनर नवनित धालीवालको विकेट लिएका छन् । धालीवाल ९० बलमा ४८ रन बनाउँदै झाको बलमा कुशल भुर्तेलबाट क्याच आउट हुन पुगे । ३३औं ओभरको पहिलो बलमा नै ओपनर धालीवाल आउट भएका हुन् ।
सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । सन्दीपले ३५ बलमा १७ रन बनाएर खेलिरहेका प्रगत सिंहलाई एलबिडब्लु आउट गराएका हुन् ।
करिब १३ महिना पछि ओडिआईमा पुनरागमन गरेका सन्दीपले पुनरागमन खेलमा विकेट लिएका हुन् ।
ललितनारायण राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले इनिङमा आफ्नो पहिलो बलमा नै विकेट लिएका थिए । सातौं ओभरमा बलिङका लागि आएका ललितले पहिलो बलमा नै विकेट लिएका थिए ।
ललितले सातौं ओभरको पहिलो बलमा १६ बलमा १२ रन बनाएका ओपनर आरोन जोनसनको विकेट लिएका हुन् ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]