default_image

6 months ago

September 16, 2024

नेपाललाई लगातार सफलता

1305 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडाविरुद्ध आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडा भ्रमणको पहिलो खेलमा पुनरागमनको संकेत देखाएको छ ।

नेपालले लगातार विकेट लिँदै घरेलु टोली क्यानडालाई दबाबमा राख्न सफल भएको छ । ३७ ओभरको समाप्तिमा क्यानडाले ५ विकेट गुमाएर १ सय ३४ रन जोडेको छ । क्रिजमा निकोलस किर्तन १४ रन जोडेर खेलिरहेका छन् ।

क्यानडाका मध्येक्रमका ब्याटर हर्ष ठाकर रन आउट हुँदा नेपालले चौथो सफलता पाएको थियो । दीपेन्द्रसिंह ऐरीको बलमा विकेटकिपर आसिफ शेखद्वारा ठाकर रन आउट भए ।

लगत्तै विकेटकिपर श्रेयस मोभा पनि कप्तान रोहित पौडेलको शिकार बने । उनी ४ रन जोड्दै गुलशन झाबाट क्याच आउट भए ।

त्यसअघि ललित राजवंशीले पहिलो, सन्दीप लामिछानले दोस्रो र गुलसन झाले तेस्रो विकेट लिएका थिए । तीव्रगतीका बलर गुलसन झाले क्यानडाका ओपनर नवनित धालीवालको विकेट लिएका छन् । धालीवाल ९० बलमा ४८ रन बनाउँदै झाको बलमा कुशल भुर्तेलबाट क्याच आउट हुन पुगे ।

३३औं ओभरको पहिलो बलमा नै ओपनर धालीवाल आउट भएका हुन् । क्यानडाले अहिले ३३औं ओभरमाको समाप्तीमा ३ विकेट गुमाएर १ सय १३ रन बनाएको छ ।

सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । सन्दीपले ३५ बलमा १७ रन बनाएर खेलिरहेका प्रगत सिंहलाई एलबिडब्लु आउट गराएका हुन् ।

करिब १३ महिना पछि ओडिआईमा पुनरागमन गरेका सन्दीपले पुनरागमन खेलमा विकेट लिएका हुन् ।

ललितनारायण राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले इनिङमा आफ्नो पहिलो बलमा नै विकेट लिएका थिए । सातौं ओभरमा बलिङका लागि आएका ललितले पहिलो बलमा नै विकेट लिएका थिए ।

ललितले सातौं ओभरको पहिलो बलमा १६ बलमा १२ रन बनाएका ओपनर आरोन जोनसनको विकेट लिएका हुन् ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.