6 months ago
September 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडा भ्रमणको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र क्यानडा भिड्दैछन् ।
टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालका लागि तीव्र गतीका बलर गुलसन झाले क्यानडाका ओपनर नवनित धालीवालको विकेट लिएका छन् । धालीवाल ९० बलमा ४८ रन बनाउँदै झाको बलमा कुशल भुर्तेलबाट क्याच आउट हुन पुगे ।
३३औं ओभरको पहिलो बलमा नै ओपनर धालीवाल आउट भएका हुन् । क्यानडाले अहिले ३३औं ओभरमाको समाप्तीमा ३ विकेट गुमाएर १ सय १३ रन बनाएको छ ।
त्यसअघि सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । सन्दीपले ३५ बलमा १७ रन बनाएर खेलिरहेका प्रगत सिंहलाई एलबिडब्लु आउट गराएका हुन् ।
करिब १३ महिना पछि ओडिआईमा पुनरागमन गरेका सन्दीपले पुनरागमन खेलमा विकेट लिएका हुन् ।
ललितनारायण राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले इनिङमा आफ्नो पहिलो बलमा नै विकेट लिएका थिए । सातौं ओभरमा बलिङका लागि आएका ललितले पहिलो बलमा नै विकेट लिएका थिए ।
ललितले सातौं ओभरको पहिलो बलमा १६ बलमा १२ रन बनाएका ओपनर आरोन जोनसनको विकेट लिए ।
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा आज कर्णाली प्रदेशलाई हराएको छ । एपिएफले कर्णालीलाई ५ विकेटले पराजित गर्यो । १ सय ९० रनको लक्ष्य एपिएफले ३९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफको जितमा दिपक बोहोराले नट आउट रहँदै ६७ बलमा ८ चौका र ४ छक्कासहित […]
March 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स डे टि ट्वान्टी आई सिरिजको तेस्रो स्थानका लागि नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । नेपाली समय अनुसार आइतवार दिउँसो १२ः४५ बजे सुरु हुनु पर्नेमा भारी वर्षाका कारणका टस समेत हुन नसकी खेल रद्द भएको हो । लिग चरणमा हङकङ तेस्रो र नेपाल चौथो स्थानमा […]
March 16, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा बागमती प्रदेशलाई हराएको छ । आइतवार दाङमा भएको खेलमा लुम्बिनीले बागमतीमाथी ४८ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा समेटियो । बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे […]