6 months ago
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड जितेका छन्।
रोहितको कप्तानीमा नेपाल १० वर्षपछि विश्वकपमा छनोट हुन सफल रह्यो। उनको प्रेरणादायी नेतृत्वमा नेपालले वर्ष २०८० मा पहिलो पटक एसिया कप खेल्यो। उनको कप्तानीमा नेपालले एसिसी प्रिमियर कपको उपाधि जित्यो।
रोहित टि ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २५ खेलमा सर्वाधिक ६ सय ८० रन बनाउन सफल रहे। जसमा ५ वटा अर्धशतक सामेल छन्। यस्तै उनले ४ विकेट पनि लिए।
नेपाली क्रिकेटले २०८० सालमा प्राप्त गरेको थुप्रै ऐतिहासिक सफलता दिलाउने कप्तान रोहित वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।
उनले मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पारे।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]