6 months ago
September 12, 2024
एजेन्सी – अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली इङ्ल्यान्डलाई २८ रनले पराजित गरेको छ । अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
१ सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९.२ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो । घरेलु टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ३७, ओपनर तथा कप्तान फिल साल्टले १२ बलमा २०, साम करनले १५ बलमा १८ तथा जोर्डन कक्सले १२ बलमा १७ रन जोडे ।
अस्ट्रेलियाका सन एबटले ३, जोस हेजलवुड र एडम जाम्पाले समान २ तथा जेभिएर ब्राटलेट, क्यामरुन ग्रिन र मार्कस स्टोईनेसले समान १ विकेट लिए ।
त्यसअघि साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले १९.३ ओभरमा १ सय ७९ रन बनाउँदै अल आउट भयो ।
टोलीका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेले । प्लेयर अफ द म्याच भएका हेडले २३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे ।
अर्का ओपनर म्याथ्यु शर्टले २६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ तथा विकेट किपर जोस इङ्ग्लिसले २७ बलमा ३७ रन बनाए । क्यामरुन ग्रिनले १३ तथा मार्कस स्टोनेसले १० रन जोडे ।
घरेल टोलीका लागि लियम लिविगंस्टोनले ३, सकिब मोहम्मद र जोफ्रा आर्चरले समान २ तथा आदिल राशिद र साम करनले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रवार र तेस्रो आइतवार हुनेछ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]