2 months ago
September 11, 2024
एजेन्सी – एसियाली क्रिकेट परिषद् (एसिसी) ले महिला यु१९ टि ट्वान्टी एसिया कप आयोजना गर्ने भएको छ ।
मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसीको कार्यकारी बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।
एसिसीले महिला यु१९ एसिया कप हरेक आइसिसी महिला यु१९ विश्वकपअघि आयोजना गर्ने निर्णय गरेको छ । यसको प्रमुख उद्देश्य एसियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने रहेको एसिसीले बताएको छ ।
‘यो पहलले यस क्षेत्रमा महिला क्रिकेटको विकास र लोकप्रियतालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । आफ्नो इतिहासमा पहिलो पटक, एसिसीले युवा महिला क्रिकेटरहरूको लागि यो प्रतियोगिता अघि सारेको छ । जसले लैङ्गिक समानतालाई बढावा दिन र सबै स्तरहरूमा क्रिकेट प्रतिभाको प्रस्फुटन गर्न आफ्नो अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ एसिसीको विज्ञप्तीमा उल्लेख छ ।
November 17, 2024
एजेन्सी – अस्ट्रेलियासँगको पर्थमा हुने बोर्डर गावस्कर ट्रफिको पहिलो खेलमा भारतीय टोलीको कप्तानी तीव्र गतिका बलर जसप्रित बुमराहले गर्ने भएका छन् । पर्थको ओप्टस स्टेडियममा नोभेम्बर २२ देखि सुरु हुने बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्टमा नियमित कप्तान रोहित शर्मा नहुने भएपछि उपकप्तान बुमराहले टोलीको कप्तानी गर्ने भएका छन् । दोस्रो सन्तानको जन्मका लागि स्वदेशमै रहेका रोहित […]
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडर नियुक्त भएकी छिन् । काठमाडौंले एक कार्यक्रमका बीच इन्दुलाई टोलीको क्रिकेट एम्बेसडर नियुक्त गरेको हो । इन्दुले एनपिएल टोली काठमाडौंको अंग हुन पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन् । ‘एनपिएल फेस्टिभल अफ क्रिकेटको रुपमा रहने […]
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटक यू१९ विरुद्ध जारी मैत्रीपूर्ण सिरिजको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा नेपालले १ सय २१ रनको जित दर्ता गर्दै सिरिजमा २-१ को अग्रता लिएको छ । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०.२ ओभरमा अलआउट […]