default_image

6 months ago

September 12, 2024

सोमपाल भन्छन् – ‘केही वर्षमा भारत र नेपालको क्रिकेट स्तर समान हुन्छ’

675 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी मध्येका एक सोमपाल कामीलेकेही वर्षमा भारत र नेपालको क्रिकेट समान स्तरमा आउन सम्भव रहेको बताएका छन् ।

क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि त्यसतर्फ जानुअघि सोमपालले भारतको बेंगलोरमा राखेको जस्तो क्याम्प निरन्तर भएमा केही वर्षमा नेपाली क्रिकेट भारतको स्तरमा पुग्ने विश्वास व्यक्त गरे ।
‘हामीले जहाँ अभ्यास गरिराथ्यौं । भारतीय खेलाडीले पनि त्यही नै अभ्यास गरिरहेका थिए । होटल पनि सेम थियो । धेरै फरक थिएन । हामी नेपालबाट खेलिरहेका थियौ त्यो बाहेक केही फरक थिएन । केही वर्ष पछि हाम्रो स्तर पनि तिनीहरुको बराबरी हुनेछ । त्यसका लागि यस्तो अभ्यास चै निरन्तर हुन जरुरी छ,’ गत वर्ष भारतविरुद्ध एसिया कप खेल्ने टोलीको सदस्य रहेका सोमपालले थपे ‘भारतसँग हामीले खेलेको समयमा पनि हामीलाई त्यती फरक लागिरहेको थिएन । जति हुन सक्छ हामीले नेपाल बाहिर गएर पनि अभ्यासहरु गर्न पर्यो । पछिल्लो समय गुजरातमा पनि हामी जुन अभ्यास गर्यौ नि यसलाई निरन्तर बनाईरहे हामीले चाहेको उपलब्धि पनि चाडै नै पाइन्छ ।’

नेपाली क्रिकेट टोलीको विकास गर्ने हो भने निरन्तर बाहिर गएर बाहिरी टिमहरुसँग खेलिरहनु पर्ने उल्लेख गर्दै सोमपालले अफगानिस्तान आज यो लेभलमा पुग्नुको कारण नै त्यही रहेको बताए ।

‘विश्वकप लिग टुमा नेपालको प्रदर्शन राम्रो हुने आशा गर्दै सोमपालले भने ‘भर्खरै नेपालले लिग टु सुरु गरेको छ । अब हुने क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक सिरिजलाई लिएर निकै उत्साहित छौ । हामी लामो समय पछि ओडिआई गेम खेल्न गईरहेका छौ । पछिल्लो लिग टुमा हामीले जुन कीर्तिमान बनाएका थियौ । त्यसले हामीलाई मोटिभेसन दिन्छ । त्यो रेकर्डले हामीलाई धेरै रुपमा मद्दत गर्छ ।’

नेपालले पछिल्लो लिग टुको दौरान १२ मध्ये ११ खेल जित्दै ओडिआई विश्वकपको छनोटमा स्थान बनाएको थियो । नेपालले २ सय ४ दिन पछि ओडिआई क्रिकेट खेल्दैछ । पछिल्लो पटक गत वर्ष फागुन १३ गते नेपालले नेदरल्यान्ड्सविरुद्ध ओडिआई खेलेको थियो । उक्त खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । त्यसपछि टि ट्वान्टी विश्वकपका कारण नेपालले टि ट्वान्टी क्रिकेटमा बढी जोड दिएको थियो ।

सन्दीप लामिछाने आफुहरुका लागि म्याच विनर रहेको तथा टिममा उनको पुरागमनले सबै खेलाडीमा उर्जा थपिएको सोमपालले बताए ।

‘सन्दीप म्याच विनर खेलाडी हो । ओडिआईमा लामो समयपछि उसको पुनरागमनले सबै जना उत्साहि छौ । विगतमा उसको जीवनमा नराम्रो भईरहेको थियो । मानसिक रुपमा सन्दीप कठिन अवस्थामा थियो । अघिल्लो लिग टुमा उसको जुन किसिमको प्रदर्शन रहेको थियो । यस पटकको लिग टु सर्कलमा पनि सोहि प्रदर्शनको अपेक्षा राखेका छौं,’ उनले थपे ।

क्यानडाको कन्डिसन केही फरक रहेको बताउँदै सोमपालले भने,’कन्डिसन कठिन अरु टिमहरुलाई पनि पर्छ । यसमा हामीले आफ्नो बेष्ट दिनुपर्यो । हामीसँग भएको क्षमतालाई उचित समयमा देखानु पर्यो । ५० ओभरको खेल खेल्ने हुँदा जसले राम्रो गर्छ उसैले रिजल्ट ल्याउछ ।

आफुहरुको मुख्य बलियो पक्ष भनेको नेपाली टिम नै रहेको उनले बताए । युवा खेलाडी रिजन ढकालको टिममा आगमन बारे सोमपालले खुसी व्यक्त गरे ।

‘रिजनको खेल म पछिल्लो केही वर्ष देखि हेरिरहेको छु । जुन कन्ट्रोल छ यसको बलिङमा जुन भेरियसन छ । त्यो देखेर खुसी नै छु । टिमलाई रिजल्ट दिन सक्नु पर्यो । त्यो जुनियर होस् या सिनियर । क्यानडाको कन्डिसनमा पेस बलरलाई धेरै सहयोग गर्ने भएकोले रिजनको महत्व झनै बढि छ,’ सोमपालले अगाडी भने ।

क्यानडा र अमेरिकाका टुरमा नेपाली टिम लगभग २ महिना रहने छ । यसले गर्दा परिवार तथा यसबीचमै रहेको दशै मिस हुन्छ कि हुन्न भन्न प्रश्नमा सोमपालले भने ‘मेरो लागि दशै भनेको ५ विकेट लिनु रहेको हो । यो सिरिजमा त्यो चै मिस हुनु भएन ।’

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.