default_image

6 months ago

September 10, 2024

क्रिकेट टोलीमा फरक‌ भूमिकासहित टमाटाको पुनरागमन

4081 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक‌ भूमिकामा फर्किएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली आज राति क्यानाडा प्रस्थान गर्नेछ।

लामो समयपछि राष्ट्रिय टिममा फर्कन पाउँदा खुसी लागेको र आफ्नो लागि चुनौती समेत रहेको टमाटाले हाम्रो खेलकुदलाई बताए।

‘यो टिमसँग भिजेको छु। लामो समय राष्ट्रिय टिमसँग बिताएको पनि छु र क्यानले मलाई दिएको जिम्मेवारीलाई सम्मानको रूपमा लिएको छु,’ टमाटाले भने । उनले क्यानलाई धन्यवाद दिंदै नयाँ जिम्मेवारीलाई निभाउँदै नेपाली टोलीलाई जिततर्फ डोर्याउन इमान्दार प्रयास गर्ने‌ बताए।

टमाटाले सन् २०१५ देखि २०१९ सम्म क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उनकै प्रशिक्षणममा नेपालले २०१८ एकदिवसीय मान्यता प्राप्त गरेको थियो ।

नेपाली क्रिकेटका सर्वाधिक सफल‌ प्रशिक्षक उनले नेपाली राष्ट्रिय यु-१९ टिमलाई चार पटक यु-१९ विश्व कपमा पुर्याएका थिए । पछिल्लो समय उनले यु-१९ राष्ट्रिय टिम सम्हालेका थिए।

यसअघिका टोलीका सहायक प्रशिक्षक वसन्त शाही ठकुरीलाई त्यो जिम्मेवारीबाट हटाइएको छ। प्रशिक्षक मोन्टी देसाई नियुक्त भएपछि उनी निरन्तर टोलीका सहायक प्रशिक्षकको जिम्मेवारीमा थिए।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.