default_image

6 months ago

September 9, 2024

पथुमको शतकसँगै तेस्रो टेस्टमा श्रीलंकाको जित

416 views

0 Bookmark

एजेन्सी – ओपनर पथुम निशंकाले शतक पूरा गरेपछि श्रीलंकाले इङ्ग्ल्यान्डलाई तेस्रो टेस्टमा हराएको छ।

इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले तेस्रो तथा अन्तिम टेस्ट चौथो दिन सोमवार ८ विकेटले जितको हो । यद्दपी ३ टेस्टको श्रृंखला घरेलु टोलीले २-१ ले जितेको छ‌।

२ सय १९ रनको लक्ष्य श्रीलंकाले २ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि ओपनर निशंकाले १ सय २४ बलमा नट आउट रहदै १ सय २७ रन बनाए ।

कुशल मेन्डिसले ४९ तथा एन्जेलो म्याथ्युजले नट आउट ३२ रन जोडे । घरेलु टोलीका लागि गस एटकिन्सन र क्रिस वोक्सले समान १ विकेट लिए ।

पहिलो इनिङमा ६२ रनको अग्रता लिएको इङ्ग्ल्यान्डले दोस्रो इनिङमा १ सय ५६ रन मात्र थप्न सक्यो । टोलीका लागि जेम स्मिथले सर्वाधिक ६७ रन जोड्दा ड्यान लरेन्सले ४५, जो रुटले १२ तथा ओली स्टोनले १० रन बनाए ।

इङ्ग्ल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाहुना टोलीका लागि लाहिरु कुमाराले ४, विष्व फर्नान्डोले ३ तथा अशिथा फर्नान्डोले २ विकेट लिए ।

श्रीलंकाले तेस्रो दिनको समाप्तीसम्म ९४ रन जोड्दा १ विकेट गुमाएको थियो । पथुम निशंका र कुशल मेन्डिस नट आउट रहेका छन् ।

पहिलो इनिङमा श्रीलंकाले २ सय ६३ रन बनाएको थियो । टोलीका कप्तान धन्नजय डि सिल्भाले सर्वाधिक ६९ रन जोडे । ओपनर पथुम निशंका र कमान्डु मेन्डिस समान ६४, कुशल मेन्डिस १४, आशिथा फर्नान्डो ११ रन बनाउदै आउट भए ।

घरेलु टोलीका लागि जोस हुल र ओली स्टोनले समान ३, क्रिस वोक्सले २ तथा शोयब बसिरले १ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली कप्तान ओली पोपले शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको थियो ।

टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ रन बनाएका थिए ।
ह्यारि ब्रुकले १९, ओपनर बेन डुकेटले ७९ बलमा ८६, जो रुटले १३ र ड्यान लरेन्सले ५, जेम स्मिथले १६ तथा ओली स्टोन १५ रनमा नट आउट रहेका थिए ।

एक समय २ सय ६१ रनमा ३ विकेट गुमाएर बलियो स्थितिमा रहेको घरेलु टोलीले बाँकी ६४ रन जोड्दा ७ विकेट गुमायो ।

श्रीलंकाका लागि मिलन रत्नायकेले ३, लाहिरु कुमारा, विष्व फर्नान्डो र धन्नजय डि सिल्भाले समान २ तथा आसिथा फर्नान्डोले १ विकेट लिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.