6 months ago
September 9, 2024
एजेन्सी – बंगलादेशविरुद्धको २ टेस्टको सिरिजको पहिलो खेलका लागि भारतीय टोलीको घोषणा भएको छ ।
भारतीय क्रिकेट बोर्ड ( बिसिसिआई)ले आइतवार रोहित शर्माको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । २१ महिना पछि रिषभ पन्तले टोलीमा पुरागमन गरेका छन् । सन् २०२२ को डिसेम्बरमा कार दुर्घटनापछि पन्त पहिलो पटक टेस्ट टोलीमा परेका हुन् ।
टोलीमा केएल राहुलको पनि पुनरागमन भएको छ । उनले २०२४ को सुरुवातमा इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्ट खेलेका थिए । राहुललाई विकेटकिपरका रुपमा नभई ब्याटरका रुपमा मात्र टोली छनोट गरिएको छ । विकेटकिपरका रुपमा धुव्र जुरेल र पन्त छनोट भएका छन् ।
तीव्र गतिका बलर यश दयालले पहिलो पटक टेस्ट टोलीमा मौका पाएका छन् । वर्षको अन्त्यतिर अस्ट्रेलियामा हुने ५ टेस्ट सिरिजलाई ध्यानमा राखेर उनको छनोट गरिएको हो ।
यसअघि भारतको टोलीमा रहेका रजत पाटिदार, केएस भरत, देवदत्त पडिक्कल, वासिङ्टन सुन्दर र मुकेश कुमार टोलीमा छैनन्।
जसप्रित बुमराह र मोहम्मद सिराजले तीव्र गतिको आक्रमणको नेतृत्व गर्ने छन् । स्पिन बलिङमा भने रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल र कुलदीप यादव रहनेछन् ।
बंगलादेशविरुद्धको पहिलो टेस्ट सेप्टेम्बर १९ देखि चेन्नईमा र दोस्रो टेस्ट सेप्टेम्बर २७ देखि कानपुरमा सुरु हुनेछ । २ टेस्टपछि ३ टि ट्वान्टी आई खेल हुनेछन् ।
बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि भारतीय टोली
रोहित शर्मा (कप्तान), यशस्वी जयसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त, ध्रुव जुरेल, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, आकाश दीप, जसप्रित बुमराह, यश दयाल
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
एजेन्सी – सेमिफाइनल प्रवेशका लागि जित्नै पर्ने च्याम्पियन्स ट्रफीको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो। सदिकुल्ला अटल र अजमतुल्ला ओमारजाइले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ८५ […]
February 28, 2025
सुमन अधिकारी, बुटवल संघीय संसदको प्रतिनिधि सभा शिक्षा, स्वाश्थ्य तथा सूचना समितिको एक प्रतिनिधि मण्डलले बिहीवार तिलोत्तमा नगरपालिकामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको स्थलगत अवलोकन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको छ । समितिका सभापति अमर बहादुर थापाको नेतृत्वमा रहेको टोलीले ओभल क्रिकेट मैदानको पछिल्लो भौतिक संरचनाको कामका बारेमा जानकारी लिदै पूर्वाधार विकासका लागि राज्यले पूरा गर्नु […]