8 months ago
September 8, 2024
एजेन्सी – इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
मोइनले आइतवार सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मोइनले इङ्ग्ल्यान्डका लागि सन् २०१४ देखि २०२४ सम्म २ सय ९८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । मोइनले २०२४ को आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा अन्तिम पटक खेलेका थिए ।
‘म ३७ वर्षको भएँ र यो महिना हुने अस्ट्रेलिया शृंखलाका लागि छनोट भएको छैन । मैले इङ्ग्ल्यान्डका लागि धेरै क्रिकेट खेलेको छु । यो अर्को पुस्ताको लागि समय हो । यो समय सही छ जस्तो लाग्यो। मैले राष्ट्रिय टोलीबाट आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको छु,’ मोइनले भने ।
मोइनले २०१४ मा वेस्ट इन्डिजविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले ६ हजार ६ सय ७८ अन्तर्राष्ट्रिय रन बनाउनुका साथै ३ सय ६६ विकेट लिएका छन् । उनले सिनियर पुरुष टोलीबाट सन् २०१९ को क्रिकेट विश्वकप र २०२२ को टि ट्वान्टी विश्वकप जितेका थिए ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।