default_image

8 months ago

September 8, 2024

श्रीलंकाका सिल्भा र मेन्डिसको अर्धशतक

594 views

0 Bookmark

एजेन्सी – कप्तान ओली पोपको शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्ड पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ रन बनाएका थिए ।

ह्यारि ब्रुकले १९, ओपनर बेन डुकेटले ७९ बलमा ८६, जो रुटले १३ र ड्यान लरेन्सले ५, जेमी स्मिथले १६ तथा ओली स्टोन १५ रनमा नट आउट रहे । एक समय २ सय ६१ रनमा ३ विकेट गुमाएर बलियो स्थितीमा रहेको घरेलु टोलीले बाँकी ६४ रन जोड्दा ७ विकेट गुमायो ।

श्रीलंकाका लागि मिलन रत्नायकेले ३, लाहिरु कुमारा, विष्व फर्नान्डो र धन्नजय डि सिल्भाले समान २ तथा आसिथा फर्नान्डोले १ विकेट लिए ।

दोस्रो दिन शनिवार नै पहिलो इनिङको ब्याटिङ सुरुवात गरेको पाहुना टोलीले ५ विकेट गुमाएर २ सय ११ रन बनाएको छ । पाहुना टोलीका धन्नजय डि सिल्भा र कमान्डु मेन्डिस अर्धशतकका साथ नट आउट रहेका छन् । ओपनर पथुम निशंकाले ६४, कुशल मेन्डिस १४ रन बनाउदै आउट भए ।

इङ्ग्ल्यान्डले १ खेल अगावै सिरिज जितिसकेको छ ।पहिलो टेस्ट ५ विकेट तथा दोस्रो टेस्ट १ सय ९० रनले जितेको थियो ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.