2 months ago
September 7, 2024
एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ ।
स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो ।
स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा क्यामरन ग्रिनले ३९ बलमा २ चौका र ५ छक्काको सहयोगमा नट आउट ६२ रन बनाए
कप्तान मिचेल मार्शले २३ बलमा ३१, टिम डेबिडले १४ बलमा २५ तथा ओपनर ट्राभिस हेडले ११ बलमा १२ रन जोडे । स्कटल्याण्डका लागि ब्राड करीले ३ तथा ज्याक जार्भिसले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो ।
टोलीका लागि ब्रेन्डन म्याकमुलनले ३९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५६ रन बनाए । ओपनर जर्ज मुन्सेले १७ बलमा २५, मार्क वाटले १२ बलमा १८, माईकल लिक्सले ७ बलमा १३ रन जोडे ।
अस्ट्रेलियाका लागि क्यामरन ग्रीनले ३, सन एबोट र आरोन हार्डिले समान २ तथा मार्कस स्टोइनस र एडम जाम्पाले समान १ विकेट लिए ।
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आइतवार आफ्नो जर्सी सार्वजनिक गरेको छ । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडी करण केसी, टोली प्रवर्द्धक एवं पूर्वमिस नेपाल शृंखला खतिवडा र गुर्खाजका क्रिकेट एम्बासडर एवं नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्माले जर्सी सार्वजनिक गरेका […]
November 17, 2024
धनगढी (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट सम्पन्न गरेको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो । एनपिएल खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेश भरका युवाहरुको ट्यालेन्ट हन्टमा उत्साहजनक सहभागिता रहेको थियो । नेपाल क्रिकेट संघ क्यान (क्यान) ले […]
November 17, 2024
एजेन्सी – अस्ट्रेलियासँगको पर्थमा हुने बोर्डर गावस्कर ट्रफीको पहिलो खेलमा भारतीय टोलीको कप्तानी तीव्र गतिका बलर जसप्रित बुमराहले गर्ने भएका छन् । पर्थको ओप्टस स्टेडियममा नोभेम्बर २२ देखि सुरु हुने बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्टमा नियमित कप्तान रोहित शर्मा नहुने भएपछि उपकप्तान बुमराहले टोलीको कप्तानी गर्ने भएका छन् दोस्रो सन्तानको जन्मका लागि स्वदेशमै रहेका रोहित एडिलेडमा […]