6 months ago
September 6, 2024
एजेन्सी – विकेटकिपर जोस इङ्ग्लिसको कीर्तिमानी शतकमा अस्ट्रेलियाले दोस्रो टि ट्वान्टीमा स्कटल्याण्ड माथि सानदार जित निकालेको छ ।
टि ट्वान्टी सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले दोस्रो टि ट्वान्टीमा ७० रनको जित हात पारेको हो ।
पहिलो खेल ७ विकेटले जितेको पाहुना टोलीले यो जितसँगै सिरिज २-० ले १ खेल अगावै जितेको छ । अस्ट्रेलियाले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १६.४ ओभरमा अल आउट हुदै १ सय २६ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि ब्रेन्डन म्याकमुलनले ४२ बलमा ४ चौका र ४ छक्काको सहयोयमा सर्वाधिक ५९ रन जोडे । ओपनर जर्ज मुन्सेले ९ बलमा १९ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि मार्कस स्टोइनसले ४, क्यामरन ग्रीनले २ तथा सन एबोट, जेभियर बार्टलेट, एडम जाम्पा र आरोन हार्डिले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो ।
अस्ट्रेलियाका लागि विकेटकिपर इङ्ग्लिसले सर्वाधिक १ सय ३ रनको शतकीय इनिङ खेले । उनले ४९ बलमा ७ चौका र ७ छक्का प्रहार गरे । उनले अस्ट्रेलियाका लागि टि ट्वान्टी आईमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान बनाए ।
इङ्ग्लिसले ४३ बलमा शतक पूरा गर्दै यो कीर्तिमान आफ्नो नाम गरे । यसअघि यो कीर्तिमान आरोन फिन्च, ग्लेन म्याक्सवेल र इङ्ग्लिसको नाममा रहेको थियो । फिन्चले २०१३ मा इङ्ग्ल्यान्डसँग तथा म्याक्सवेल र इङ्ग्लिसले गत वर्ष भारतविरुद्ध समान ४७ बलमा शतक पूरा गरेका थिए ।
क्यामरन ग्रिनले २९ बलमा ३६, मार्कस स्टोइनेसले नट आउट २० तथा टिम डेबिडले नट आउट १७ रन जोडे । स्कटल्याण्डका लागि ब्राड करीले ३ तथा क्रिस सोलले १ विकेट लिए । दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]