default_image

6 months ago

September 6, 2024

नेपाली टोली सोमबार स्वदेश फर्कने

1654 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सोमवार श्रीलंकाबाट स्वदेश फर्कने भएको छ ।

क्यानडामा भदौ ३१ गतेदेखि सुरु हुने विश्वकप लिग टुको तयारीका लागि श्रीलंका गएको टोली सोमवार फर्कने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बि लामाले बताए ।

‘लिग टु अन्तर्गतको क्यानडा सिरिजको अन्तिम तयारी तथा अभ्यास खेलका लागि श्रीलंका पुगेको टोली २४ गते नेपाल फर्कने तालिका रहेको छ । नेपाल फर्किएको केही दिनमा नै टोली क्यानडाको लागि प्रस्थान गर्नेछ ,’ प्रवक्ता लामाले हाम्रो खेलकुदलाई बताए ।

टोलीले श्रीलंकामा रहदा लिग टुको तयारी स्वरुप अभ्यास गर्नुका साथै एउटा अभ्यास खेल समेत खेलेको थियो ।

श्रीलंका डेभलभमेन्टसँग ३ अभ्यास खेल्ने तालिका रहे पनि पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो । आज भएको तेस्रो अभ्यास खेलमा भने नेपाल ५ विकेटले पराजित भएको थियो ।

टोली स्वदेश फर्किए पछि क्यानडा जाने तालिका रहेको छ । टोलीले क्यानडामा त्रिकोणात्मक ओडिआई तथा टि ट्वान्टी सिरिज खेल्नेछ ।

खेलतालिका अनुसार भदौ ३१ गतेदेखि असोज १० गतेसम्म त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । असोज १२ देखि १७ गते सम्म त्रिकोणात्मक टि ट्वान्टी सिरिज हुनेछ ।

लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल, क्यानडा र ओमान सहभागी हुनेछन् । नेपालको पहिलो खेल भदौ ३१ मा क्यानडासँग र दोस्रो खेल असोज २ मा ओमानसँग रहेको छ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानसँग खेल्नेछ ।

ओडिआई सकिएको २ दिन पछि सोहि टोलीबीचमा त्रिकोणात्मक टि ट्वान्टी सिरिज हुनेछ । सिरिजको पहिलो खेलमा असोज १२ मा नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ मा ओमानसँग खेल्नेछ ।

तेस्रो खेलमा नेपालले असोज १५ मा क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ ।

टि ट्वान्टी सिरिज पछि क्यानडासँग नेपालले ओडिआई सिरिज खेल्ने क्यानले जारी बार्षिक क्यालेन्डरमा उल्लेख छ ।

त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाल अमेरिका जानेछ । अमेरिकामा नेपालले घरेलु टोली र स्कटल्यान्डको सामना गर्नेछ ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.