6 months ago
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाल टि ट्वान्टी प्रा लीले पोखराको फ्रेन्चाइजी खरिद गरेको छ ।
कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किनेको हो । एनपिएल सबैभन्दा बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी रहेको छ ।
काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ मा बिकेको छ । टिम छनोटका लागि भएको बिडिङमा कान्तिपुर पब्लिकेसन प्रा.लिले काठमाडौंको फ्रेन्चाइज किनेको हो ।
एनपिएलको अर्को टोली चितवनको टिको स्वामित्व चितवन मेडिकल कलेज (सिएमसी) ले पाएको छ । चितवनको स्वामित्व १ करोड ७६ हजार १ हजार रुपैयाँ मा सिएमसीले किनेको हो ।
बिहीवार भएको बिडिङ मा अर्को टोली विराटनगरको स्वामित्व भने एम ए डी ड्रिम स्पोर्टसले पाएको छ । स्पोर्टसले १ करोड ५१ हजार रुपैयाँमा विराटनगरको स्वामित्व खरिद गरेको हो ।
फर्चुन हेल्थ कियरले लुम्बिनीको फ्रेन्चाइज पाएको किनेको छ। कियरले १ करोड ७६ लाख ४ रुपैयाँमा लुम्बिनी फ्रेन्चाइजीको स्वामित्व पाएको हो ।
ड्रिम्स स्पोर्टसले जनकपुरको फ्रेन्चाइजीको स्वामितव पाएको छ । उसले २ करोड ५ लाख रुपैयाँ मा जनकपुर फ्रेन्चाइजीको स्वामित्व किनेको हो ।
कर्णाली फ्रेन्चाइजीको स्वामित्व हिमालयन बिल्डर्सले पाएको छ । उसले १ करोड ११ लाख ७० हजार रुपैयाँ मा कर्णालीको स्वामित्व खरिद गरेको हो ।
इम्पियर स्पोर्टसले सुदुरपश्चिमको फ्रेन्चाइजीको स्वामित्व पाएको छ । उसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा सुदुरपश्चिमको स्वामित्व किनेको हो ।
एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म हुनेछ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]