6 months ago
September 5, 2024
एजेन्सी – आइसिसी मेन्स टि ट्वान्टी विश्वकप एसिया क्वालिफायर ए मा सिंगापुरले मंगोलियाविरुद्ध ५ बलमै जित हात पारेको छ ।
टि ट्वान्टी आईमा कम बलमा नै लक्ष्य पूरा गर्नेमा सिंगापुर दोस्रो स्थानमा छ । पहिलो स्थानमा स्पेन रहेको छ । स्पेनले आइसे अफ म्यानविरुद्ध २ बलमा नै ११ रनको लक्ष्य पूरा गरेको थियो ।
मलेसियामा भईरहेको प्रतियोगितामा मंगोलियाले दिएको ११ रनको लक्ष्य सिंगापुरले ५ बल मै पूरा गरेको हो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मंगोलियाले १० ओभरमा १० रन बनाउँदै अल आउट भयो । टोलीका लागि कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
मंगोलियाका लागि ५ ब्याटर रनको खाता खोल्न सकेनन् । १० रनमा अल आउट हुने मंगोलिया दोस्रो टोली हो । यसअघि आइसे अफ म्यान स्पेनविरुद्ध १० रनमा अल आउट भएको थियो ।
यसै खेलमा सिंगापुरका लागि हर्ष भारद्वाजले ४ ओभरमा ३ रन खर्चेर ६ विकेट लिए । यो टि ट्वान्टी आईमा भएको दोस्रो बेस्ट बलिङ फिगर हो । १७ वर्षीय लेग स्पिनर हर्षले मंगोलियाले पावरप्लेमा गुमाएको ६ विकेटमध्ये ५ विकेट लिएका थिए ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]