default_image

6 months ago

September 4, 2024

अस्ट्रेलियासँग स्कटल्याण्डको हार

1421 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियाले पहिलो टि‌ ट्वान्टीमा स्कटल्याण्ड माथि सानदार जित निकालेको छ । अस्ट्रेलियाले बुधवार घरेलु टोलीलाई‌ ७ विकेटले हराएको हो।

यो जितसँगै पाहुना टोलीले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । स्कटल्याण्डले दिएको १ सय ५५ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ६२ बल बाँकी रहँदै ३ विकेट गुमाएर पूरा गर्यो ।

पाहुना टोलीको जितमा ओपनर ट्राभिस हेडले सर्वाधिक ८० रन बनाए । उनले २५ बलमा १२ चौका र ५ छक्का प्रहार गरे । उनले १७ बलमै अर्धशतक पूरा गरेका हुन् ।

कप्तान मिचेल मार्शले १२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ३९ रन जोडे । विकेटकिपर जोस इङ्ग्लिस १३ बलमा २७ रन बनाउँदै अविजित रहे । घरेलु टोलीका लागि मार्क वाटले २ तथा ब्रेन्डन म्याकमुलनले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो ।

टोलीका जर्ज मुन्सेले १६ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक २८ रन जोडे । म्याथ्यु क्रसले २१ बलमा २७, कप्तान रिची वेरिङ्टनले २० बलमा २३, ब्रेन्डन म्याकमुलनले १५ बलमा १९ तथा ज्याक जार्भिसले ८ बलमा १० रन बनाए ।

अस्ट्रेलियाका लागि सन एबोटले ३, जेभियर बार्टलेट र एडम जाम्पाले समान २ तथा क्यामरन ग्रिन र राईली मेरिडेथले समान १ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रवार र तेस्रो खेल शनिवार हुनेछ ।

March 2, 2025

न्युजिल्यान्डलाई हराउँदै भारत समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)- न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत च्याम्पियन्स ट्रफीको समूह विजेता बनेको छ। भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र न्युजिल्यान्डले दक्षिण अप्रिकासँग खेल्नुपर्ने छ। दुबईमा आज जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको न्युजिल्यान्ड ४५.३ ओभरमा अल आउट हुँदै २ सय ५ रनमा समेटियो। न्युजिल्यान्डका ओपनर रचिन रबिन्द्र ६ रनमा र विल योङ २२ […]

March 2, 2025

साना र रियालाई‌ समेट्दै क्रिकेट टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- युगान्डमा हुने उमन्स डे कप टी ट्वान्टी क्रिकेटको लागि नेपाल क्रिकेट संघले (क्यान) ले आज १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। इन्दु बर्माको कप्तानीमा रहने नेपालाि टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। साना नेपाली यु-१९ टोलीकी उप कप्तान हुन्। यो पटक […]

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो। खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन […]

Success

Thank you for your time.